सुरेशको उपचारमा करिब ४२ हजार सहयोग
- २७ मंसिर २०७५, बिहीबार
- 1987 पटक पढिएको

बेनी २७ मङसिर । म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका मृगौलापिडित सुरेश छन्त्यालको उपचारका लागि कतारबाट करिब ४२ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ ।
मंगला गाउँपालिका २ बाबियाचौरका मिमबहादुर दगामीको पहलमा कतारको नेभिकेशन कम्पनीमा कार्यरत नेपालीहरुले ४१ हजार ८०० रुपैयाँ सहयोग गरेका हुन् ।कतारबाट पठाएको रकम बुधबार सुरेशका बुवा सक छन्त्याललाई काठमाडौमा हस्तान्तरण गरिएको बाल रोकाले जानकारी दिए । १९ वर्षीय सुरेशको काठमाडौको अलका अस्पतालमा डायलाइसीस भइरहेको छ ।
परिवारको आर्थिक अवस्था कमजोर भएपछि परोपकारी संस्था ओमकुमारी शान्तिकोषले २५ लाख रुपैयाँ भन्दा बढी सहयोग जुटाएर सुरेशको मृगौला प्रत्यारोपणको तयारी गरिएको छ ।