मल्लाज बगरफाँट सहकारीको अध्यक्षमा जिसी

  • १७ मंसिर २०७५, सोमबार
  • 2192 पटक पढिएको

बेनी १७ मंसिर । जलजला गाउँपालिका ३ मा रहेको मल्लाज बगरफाँट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार सम्पन्न पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनबाट नविन जिसीको अध्यक्षतामा सञ्चालक समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष खेमप्रसाद शेरपुञ्जा, सचिवमा मनिषा पुन श्रेष्ठ, कोषाध्यक्ष निर्मला केसी जिसी र सहसचिवमा टिकाबहादुर माइलीपार चयन हुनुभएको छ । सदस्यहरुमा हिराबहादुर बरुवाल, धनकुमारी मगर, शोभा सापकोटा जिसी, युवराज अर्मजा पुन, पोमाया पाइजा निर्वाचित हुनुभएको जनाइएको छ ।

प्रेमबहादुर भण्डारीको संयोजकत्वमा मोहनबहादुर बरुवाल र सुभद्रा अधिकारी सदस्य रहेको लेखा, हिराबहादुर बरुवालको संयोजकत्वमा कुशल जिसी र युवराज अर्मजा सदस्य रहेको ऋण उपसमिति गठन भएको छ । साधारणसभाको अवसरमा उत्कृष्ट कारोबार गर्नेहरु सम्मरबहादुर थापा, सागर शेरपुञ्जा, फमाया पुन, खिमप्रसाद श्रेष्ठ, देवी गर्बुजा र एस्टन पुनलाई सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष देवेन्द्र भण्डारी (रवी)को अध्यक्षता, नविन जिसीको सञ्चालन, मुकुन्द बैरागीको स्वागत मन्तब्य र जेष्ठ सेयर सदस्य हमाया शेरपुञ्जाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बाँसखर्कका वडा सदस्य युवराज अर्मजा, मल्लाज सहकारीका सचिव रघु आचार्य, न्यु वेष्ट पोइन्ट क्याम्पसका सहायक प्रिन्सीपल कृष्ण जिसी, मनिषा पुन श्रेष्ठ, खगेन्द्र जिसी, टेकबहादुर जिसी, खेमप्रसाद श्रेष्ठ लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । ५५ लाख ५५ हजार रुपैयाँ सेयर पुँजी रहेको सहकारीले गत आर्थिक वर्षमा ७४ लाख ५८ हजार २३७ रुपैयाँ बचत र ८८ लाख एक हजार ९९८ रुपैयाँ लगानी तथा बीस लाख चार हजार २५० रुपैयाँ बचत गरेको प्रबन्धक बिवेक केसीले जानकारी गराउनुभएको थियो ।