विद्यार्थीहरुद्धारा आगलागीबाट पीडित परिवारलाई ११ हजार सहयोग
- १५ मंसिर २०७५, शनिबार
- 2071 पटक पढिएको
मंसिर १५ गते । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको जुग्जाका आगलागी पीडित चेतनारायण शेरचनको परिवारलाई विद्यार्थीहरुले ११ हजार तिन सय पाँच रुपियाँ सहयोग गरेका छन् ।मंसिर ६ गते आगलागी हुँदा शेरचनको घर पूर्ण रुपमा जलेर क्षति भएको थियो । परिवारको आर्थिक अवस्था कमजोर भएका शेरचन परिवारलाई सहयोग जुटाउन स्थानीय भिम माध्यमिक विद्यालयको युथ रेडक्रस सर्कलले विद्यार्थी र स्थानीयवासीहरुमा सञ्चालन गरेको अभियान मार्फत उक्त रकम जुटाएको विद्यालयका शिक्षक यामनाथ पौडेलले जानकारी दिए ।
शेरचन परिवारको आर्थिक अवस्था कमजोर भएका कारण सहयोग जुटाउन विद्यार्थीहरुले एकदिनको खाजा खर्च वापतको रकम पनि जम्मा गरेको युरेस अध्यक्ष अमृता पुनले बताईन । शुक्रवार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा सदस्य सुवेदार डिलवहादुर पुन,सदस्य लालकुमारी परियार, शिक्षकहरु यामनाथ पौडेल र शिक्षक नायक यामप्रसाद तिवारीको रोवरमा पीडित शेरचनको घरमा पुगेर विद्यार्थीहरुले रकम हस्तान्तरण गरेका हुन ।
आगलागि पीडित शेरचन दाजुको घरमा बस्दै आएका छन् । आगलागिबाट लत्ताकपडा,खाद्यान्न लगायत गरी करिब ७ लाख वरावरको क्षति भएको थियो । आर्थिक अवस्था कमजोर भएका शेरचन परिवारलाई स्वदेश तथा विदेशमा रहेको सहयोगी संस्थालाई सहयोग गरिदिन शिक्षक पौडेलले आग्रह गरिएको छ ।