लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

  • ९ मंसिर २०७५, आईतवार
  • 3121 पटक पढिएको

बेनी ९ मङसिर । बेनीमा आइतबारदेखि लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । बेनी नगरपालिका र विभिन्न दर्जनौ संघ संस्थाहरुले बेनीमा ¥याली र समारोहको आयोजना गरेर अभियानको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले लैङगिक हिंसा विरुद्धको अभियानलाई औपचारिकतामा सिमित नराखी सधैभरी निरन्तरता दिनुपर्ने बताए ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले लैङ्गिक हिंसा न्युनीकरणका लागि सचेतनामुलक कार्यक्रममा जोड दिइएको बताएका थिए । प्रजिअ लीलाधर अधिकारीले लैङगिक हिंसा न्युनीकरण गर्न बनेका ऐन, कानुनका बारेमा समुदाय स्तरमा प्रचारप्रसार र त्यसको ब्यवहारिक कार्यान्वयनमा सबै पक्षले चासो दिनुपर्ने बताए ।

कार्यक्रममा अन्तरपार्टी महिला सञ्जालकी मुना बानिया, नागरिक समाजका सुर्दशनकुमार श्रेष्ठ, महिला मानवअधिकार रक्षकको सञ्जालकी अध्यक्ष रेखाकौशल रेग्मी, महिला अधिकार मञ्चकी अध्यक्ष दिवाकुमारी पुन, ब्रह्मकुमारीय विश्वविद्यालय राजयोग केन्द्रकी सञ्चालक रिना दिदी, गैरसरकारी संस्था महासंघका उपाध्यक्ष दिपक पौडेल, युवा किशोरी सञ्जालकी अध्यक्ष रञ्जना श्रेष्ठ, एकल महिला सञ्जालकी अध्यक्ष बिमला गौचन, सामुदायिक प्रहरी शाखाकी अध्यक्ष बिष्णु गुरुङ, दिदीबहिनी सहकारीकी अध्यक्ष ज्योती लामिछाने र संगिनी सहकारीकी सचिव तेजकुमारी बानियाले मन्तब्य व्यक्त गरेका थिए ।

बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालको अध्यक्षता, सहायक महिला विकास निरिक्षक लक्ष्मी केसीको सञ्चालन र नगर कार्यपालिका सदस्य गौरी थापाको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । अभियान अन्तरगत आइतबार साँझ गैरसरकारी संस्था महासंघले मैनबत्ती प्रज्वलन र सोमबार बेनी नगरपालिकाको आयोजना तथा लायन्स कल्वको सहयोगमा रत्नेचौर स्वास्थ्य चौकीमा पाठेघरको मुखको क्यान्सर रोग पहिचानका लागि शिवीर सञ्चालन गरिने भएको छ ।