देउसीभैलोबाट ५ लाख संकलन्
- ९ मंसिर २०७५, आईतवार
- धिरन खत्री
- 2162 पटक पढिएको
म्याग्दी, ९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु अधेरीखोलामा रहेको सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयमा अपुरो दुई कोठ आरसिसि भवन पुर्ण गराउन देउसीभैलोबाट ५ लाख रुपैया संकलन गरिएको छ । विद्यालयको आयोजना नमुना, शिशिरेडाँडा आमासमुहको सहयोगमा चारदिनसम्म संचालन भएको देउसीभैलोमा सो रकम संकलन गरिएको हो ।
कलाकार फौद कटुवाल ( विन्दास), विद्यालयका शिक्षक, ब्यवस्थापन समिति र आमासमुह, अभिभावक र युवा क्लवको सहभागितामा देउसी भैलो खेलिएको थियो । देउँसीभैलो कार्यक्रमबाट संकलन गरिएको रकमले विद्यालयको निर्माणधिन दुईकोठे आरसिसि भवन निर्माणमा संकलित रकम प्रयोग गरिने प्रअ तोरण श्रेष्ठले बताए । सो भवन निर्माणपछि रहेकोे रकमले शैक्षिक गुणस्तर निर्माणमा प्रयोग गरिने प्रअ श्रेष्ठले जानकारी दिए ।
जिल्ला शिक्षा समन्वय ईकाइ, म्याग्दीबाट प्राप्त बजेटले भवन निर्माण गर्न अपुग भएपछि सो भवन पुर्ण गराउन ब्यवस्थापन समिति, शिक्षक र अभिभावकले देउँसीभैलो आयोजना गरेका थिए । सो विद्यालयमा ९७ जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयलाई सहयोग आउने क्रम जारी रहेको छ ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l