दरवाङमा ब्यवसाय दर्ता तथा नविकरण शिविर
- ८ मंसिर २०७५, शनिबार
- सन्तोष गौतम
- 2133 पटक पढिएको
बेनी, ७ मंसिर । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा शुक्रबार तेस्रो कर दिवसको अवसरमा औद्योगिक परामर्श तथा दर्ता नविकरण शिविर सम्पन्न भएको छ ।
मालिका गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयको आयोजनामा सम्पन्न शिविरबाट २५ जनाले व्यवसाय दर्ता तथा नविकरण सम्बन्धि सेवा पाएका छन् । ९ वटा नयाँ उद्योग दर्ता, ९ वटा व्यवसाय दर्ता, १ वटा कम्पनी दर्ता, ४ वटा वाणिज्य नविकरण र २ वटा उद्योग नविकरण भएको छ ।
१५० जना ब्यवसायीहरुलाई परामर्श सेवा दिइएको थियो भने ८७ हजार ६०० रुपैयाँ राजस्व संकलन भएको छ । मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुको अध्यक्षता र समितिका लेखापाल निलबहादुर भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा बरिष्ठ उद्योग विकास अधिकृत सरिता गौतमले उद्योग दर्ता, नविकरण विषयमा सहजिकरण गर्नुभएको थियो ।