धनजनतामा बालकक्षा भवन
- ७ मंसिर २०७५, शुक्रबार
- 3364 पटक पढिएको
मुना ७ मङसिर । धवलागिरी गाउँपालिका ३ फलीयागाउँमा रहेको धनजनता माध्यमिक विद्यालयमा बालकक्षा भवन निर्माण भएको छ ।
गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोगमा कदम र संगम म्याग्दी मार्फत सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजना अन्तरगत एक कोठे भवन निर्माण भएको हो । नौ लाख ७२ हजार १४० रुपैयाको लागतमा निर्माण भएको भवनको मंगलबार सार्वजनिक परिक्षण गरिएको छ ।
भवन निर्माणका लागि गुड नेवर्स इन्टरनेशनले सात लाख ७७ हजार ७२५, विद्यालयको ५२ हजार र स्थानीयबासीले एक लाख ४२ हजार ४१५ रुपैया बराबरको श्रमदान गरेका थिए । भुकम्प प्रतिरोधी क्षमत्ताको बालमैत्री र अपाङ्ग मैत्री पक्कि भवनमा गुड नेवर्सले बसाई ब्यवस्थापन र शैक्षिक सामग्री पनि सहयोग गरेको छ ।
कार्यक्रममा धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले म्याग्दी सामुदायिक विकास परियोजनाले दुर्गम क्षेत्रको शैक्षिक विकासका लागि महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर सुधारको आवश्यकता औल्याएकी थिईन ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यामबहादुर भण्डारीको अध्यक्षता, निमित्त प्रअ पूर्ण भण्डारीको स्वागत र बालकल्वका अध्यक्ष पुस्कर पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष पूर्म पुन, परियोजनाका जिल्ला संयोजक राजेन्द्र लोहार, संगमका अध्यक्ष दिपक पौडेल, कदमका अध्यक्ष हरिप्रसाद पौडेल, परियोजनाका शिक्षा अधिकृत चिरञ्जिवी रेग्मी, कदमकी निरमाया मिजार लगायतको उपस्थिती थियो ।
सोही अवसरमा विद्यालयमा आयोजित विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई अवसर कार्यक्रम अन्तरगत पुरस्कार वितरण गरिएको थियो ।