मुटुरोगी अस्मिता परियारको उपचारका लागि लायन्स क्लव अफ बेनी म्याग्दीद्धारा ३० हजार सहयोग

  • ७ मंसिर २०७५, शुक्रबार
  • 2023 पटक पढिएको

म्याग्दी ७ मंसिर । मुटुरोग लागेकी पर्वत जलजला गाउँपालिका – २ मल्लाज बाखसर्क निवासी अस्मिता परियारको उपचारका लागि लायन्स क्लव अफ बेनी म्याग्दीद्धारा ३० हजार ५ सय रुपैया आर्थिक सहयोग गरिएको छ । आर्थिक अवस्था कमजोर भएकी परियारको उपचारका लागि लायन्सका बरिष्ठ उपाध्यक्ष नकुल ढकालको संयोजनमा सो रकम संकलन भएको थियो ।

लायन्स क्लव बेनी म्याग्दीको २० हजार ५००, आशिष परियार झिल्के र राजन क्षेत्री अ‍ेमेरिकाबाट ५/५ हजार आर्थिक सहयोग प्राप्त भएको थियो । मुटुरोग परियारलाई लायन्सका अध्यक्ष किशोर श्रेष्ठ र संयोजक ढकाल लगायतको उपस्थितमा सहयोग हस्तान्तरण गरिएको थियो ।
मुटुरोग पीडित परियार गंगालाल अस्पताल काठमाण्डौबाट उपचार गराउदै आएकी छन् । उनको घरको आर्थिक अवस्था कमजोर भएको कारण थप उपचारमा समस्या भएको छ । खेती किसानी गरेर घरखर्च चलाउदै आएका श्रीमान घरमा बेरोजगार छन् ।

रोग पत्ता लाग्यो, आर्थिक अवस्था कमजोरका कारण थप औषधी उपचार अप्रेशनका लागि आर्थिक समस्याले रोकीएको छ । थप उपचारका लागि आर्थिक सहयोग गरिदिन स्वदेश तथा विदेशीमा रहेका सहयोगी संघसंस्थालाई आग्रह गरेकी छन् ।