क्याम्पसलाई सहयोग जुटाउन पहल

  • ३ मंसिर २०७५, सोमबार
  • 1479 पटक पढिएको

बेनी ३ मङसिर । म्याग्दीको मंगला गाउँपालिकाले जग्गाको रजिष्टे«शन सिफारीसका क्रममा समुदायद्धारा बाबियाचौरमा सञ्चालित मंगला शिक्षा क्याम्पसको सहयोगका लागि स्वऐच्छिक शूल्क लिने भएको छ । गाउँपालिकाको कार्यालयमा आइतबार बसेको कार्यपालिकाको बैठकले जग्गाको रजिष्ट्रेशन (किनबेच)का लागि सिफारीस गर्ने क्रममा सेवाग्राहीहरुलाई स्वऐच्छिक सहयोगका लागि आग्रह गर्ने निर्णय गरेको हो ।

कार्यपालिकाका प्रवत्ता धनबहादुर खातीले समुदायद्धारा सञ्चालित क्याम्पस आर्थिक संकटमा परेकाले सहयोगका लागि गाउँपालिकाले पहल गरेको बताउनुभयो । वि.स २०६६ देखि सञ्चालन हुदै आएको क्याम्पसमा न्युन विद्यार्थी संख्याका कारण विश्व विद्यालय अनुदान आयोगबाट पर्याप्त सहयोग पाउन सकेको छैन् ।

क्याम्पसमा बाबियाचौर, अर्मन, कुहुँ, दरवाङ, बरंजाका ६० जना विद्यार्थीहरु अध्ययनरत छन् । यसैबीच मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरको फोहोर ब्यवस्थापनको बारेमा सोमबार प्युठान नगरपालिकाका जनप्रतिनिधिहरुको टोलीले अध्ययन अवलोकन गरेका छन् ।

वातावरण तथा विपद् ब्यवस्थापन समितिका संयोजकको नेतृत्वमा आएको टोलीले बाबियाचौरमा सञ्चालित एक घर एक धारा र फोहोर ब्यवस्थापनको अभ्यासका बारेमा अवलोकन र स्थानीयसँग अन्तरक्रिया गरेका हुन् ।