रुप्से सञ्चार सहकारीको अध्यक्षमा केसी चयन

  • १९ आश्विन २०७५, शुक्रबार
  • 1837 पटक पढिएको

म्याग्दी, १९ असोज । रुप्से सञ्चार सहकारी संस्था लिमिटेड बेनी म्याग्दीको अध्यक्षमा सुरत केसी निर्वाचित भएका छन् । रुप्से दैनिक पत्रिका सञ्चालनगर्दै आएको रुप्से सञ्चार सहकारीको शुक्रबार बेनीमा सम्पन्न चौंथो अधिवेशनले केसीको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो ।


सञ्चालक समितिको उपाध्यक्षमा राजेश शाक्य, सचिवमा लेखबहादुर हमाल, कोषाध्यक्षमा ठाकुरप्रसाद शर्मा र सहसचिवमा राजकुमार थापा निर्वाचित भएका छन् । सञ्चालक समितिको सदस्यहरुमा प्रकाश पौडेल, घनश्याम खड्का, नकुल ढकाल, रमेश गिरी, नारायणकुमार बराल, सन्तोष रावल, देवीप्रसाद शर्मा र रश्मी रोकामगर निर्वाचित भएका छन् । यसैगरी लेखा समिति संयोजकमा दिपक पौडेल, सदस्यमा रामप्रसाद सुवेदी र पुस्कल ढुङ्गाना रहेका छन् ।