तीन दिनदेखि सम्र्पक विहीन खेलाडी मृत भेटिए
- १९ आश्विन २०७५, शुक्रबार
- 1719 पटक पढिएको
बेनी १९ असोज । तीन दिनदेखि सम्र्पक बिहीन म्याग्दीको धवलागिरी गाउँपालिका ४ खाम्लाका एक युवाको बिहीबार शव भेटिएको छ । मंगलबार साँझदेखि सम्र्पक बिहीन भएका २५ वर्षीय मनबहादुर खड्का खाम्ला देखि ताकम जाने बाटोमा पर्ने भिरमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव भेटिएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय दरवाङको टोली घटनास्थलतर्फ गएको छ ।
खड्काको शव परिक्षणका लागि बेनी स्थित अस्पतालमा ल्याइने प्रहरीले जनाएको छ । खड्काको मृत्युको बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ । मृतक खड्का भलिबल खेलाडी थिए । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले खड्काले गाउँपालिकाको प्रतिनिधित्व गरेर जिल्ला स्तरीय भलिबल प्रतियोगितामा सहभागी भएका बताउनुभयो ।