शिक्षकहरुलाई पुनः ताजकी तालीम
- १७ आश्विन २०७५, बुधबार
- 2463 पटक पढिएको
दाना १७ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका शिक्षकहरुका लागि दाना स्थित ज्ञान प्रकाश माविमा पुनताजकी तालीम सञ्चालन गरिएको छ । अन्नपूर्ण गाउँपालिका र जिल्ला शिक्षा तथा समन्वय इकाइको समन्वयमा लर्न संस्थाले आयोजना गरेको तालीममा गाउँपालिकाको आधारभुत तहका ७४ जना शिक्षक शिक्षीकाहरुको सहभागिता रहेको छ ।
बालमैत्री र कक्षा कोठामा शिक्षण सहयोगी सामग्रीको प्रर्दशन गरेर शिक्षण गर्ने विधीको बारेमा सिकाउने उद्देश्यले १५ गते देखि सुरु भएको तालीम जिल्ला शिक्षा तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापाले उद्घाटन गर्नुभएको थियो । पहिलो चरणको तालीम लिएका शिक्षकहरुको क्षमत्ता विकास, समस्याको समाधान र सिर्जनात्मक कलाको विकास गराउन सघाउने तालीमको उद्देश्य रहेको छ ।
छ दिनसम्म सञ्चालन हुने सामाजिक, विज्ञान, अंग्रेजी र सिर्जनात्मक कलाको विषयमा लर्नका कार्यक्रम ब्यवस्थापक मिन शाही, गोपाल ढुङगाना, राजेन्द्रप्रसाद पन्त र स्रोत व्यक्ति भरत पुनले सहजिकरण गर्नुहुने जनाइएको छ ।