नजिन बिकलाई अार्थिक सहयाेग, उपचारमा लाखाैँ लाग्ने भएपछी थप सहयाेगकाे अपिल

  • १६ आश्विन २०७५, मंगलवार
  • 2270 पटक पढिएको

म्याग्दीको धौलागिरी गाउपालिका-२ लम्सुङ निवासी ८ वर्षिय बालक नजिन बिकलाई शिघ्र- स्वास्थलाभकाे कामना गर्दै धाैलागिरी गाउँपालिका-२ लुलाङ निबासी हाल राेजगारीकाे सिलसिलामा मलेसियामा कार्यरत डनियल रसाइलीले नाै हजार दुई सय बैसठ्ठी रुपैयाँ ( ९,२६२) सहयोग गर्नु भएकाे  छ ।  आर्थिक अभाबको कारण उपचारमा समस्यादेखिए पछि सिन्धुपाल्चोककि सामाजिक अभियान्ता बबिता योन्जन र म्याग्दीका आशिष परियार- झिल्केले बालकको उपचारका लागि नजिन बचाउ अभियान सन्चालन गर्दै आउनु भएको छ । साथै नजिन बचाउ अभियान सफल पार्न ” बिश्वकर्मा समाज – कुवेत”, गुरुप्रसाद सापकाेटा – जापान र दलमर्न कामी – काठमाडौबाट पनि अभियानमा अार्थिक संकलन गरेर साथ दिनुभएकाे छ ।

अहिले बालकको नेपाल क्यान्सर हस्पिटल बेड न.४०८ मा डा.प्रकाशनाथ तिवारीबाट उपचार भइरहेको छ । डाक्टर को भनाइ अनुसार निरन्तर उपचार पछि बिरामीको अबअस्थालाइ हेरेर उक्त आँखाको अप्रेसन दशैपछि गर्नु पर्ने बताएका छ्न । डाक्टर को भनाइ अनुसार यति नै पैसा लाग्नेभन्न नसके पनि अन्दाजी ८ देखि १० लाख सम्म लाग्न सक्ने र अप्रेशन पछि पनि १ बर्ष सम्म हपिटलको नजिक रहेर उपचार गर्नु पर्ने बताएकाे क्यान्सरपिडित बालकको आँमा उदिमाया बिक ( 9806126936 ) ले भनिन ।

अहिलेसम्म आफ्ना गाउँले ,आफन्त , चिने जानेका र हस्पिटलमा आउने अन्य बिरामीका कुरुवाहरुले छोराको अवस्था लाई देखेर सहयोग गरेको र सो सहयोग बाट छोराको उपचार गराइ रहेको साथै नजिन बचाउ अभियान अभियान्ताहरुले केही पैसा संकलन गरिरहेकाे बताउदै सबै सङ्ग यथासक्दो सहयोगको पहल गरि दिन आग्रह समेत गर्नु भएकाे म्याग्दीका नजिन बचाउ अभियान्ता अाशिष परियार – झिल्केले म्याग्दी अनलाइनलाई जानकारी दिदै सक्दाे सहयोग गरिदिन अपिल गर्नु भएकाे छ ।

कुपया याे पाेष्ट पढेर अाफु सक्दाे सहयोग गरिदिनुहुन हार्दिक अनुराेध छ । सहयोगका लागि :- – नजिन बचाउ अभियान्ता : बबिता योन्जन, हाल- काठमाडौं ( 9803446616) , – आशिष परियार ‘झिल्के’ , Dalmardan Kami( 9851156196) नमुना बिश्वकर्मा समाज ( कुवेत ) – Guru Prasad Sapkota ( जापान ) .- खातावालाकाे नाम :- udimaya bk, babita yonjan – खाता न. :- 001111300151972000001 – बैक :- joti bikash bank ltd. gairidhara Kathmandu ( swift code – srblnpka बिदेशबाट पठाउनकाे लागि ।)