२५ बर्ष पुरा गरेको अवसरमा कैलाश विकास र्बैकंले देशभर सप्ताह कार्यक्रम
- १५ आश्विन २०७५, सोमबार
- धिरन खत्री
- 2328 पटक पढिएको
म्याग्दी, १५ असोज । कैलाश विकास बैंक लिमिटेडले २५ बर्ष पुरा गरि २६ बर्ष पुगेको अवसरमा देशभरका बैकहरुमा सप्ताहब्यापी कार्यक्रम आयोजना गरेको छ । बैंकको रजत जयन्ती अवसरमा शाखा बेनीले आयोजित सप्ताह कार्यक्तम सोमबारदेखि सुरु गरेको हो ।
विगत ५ बर्षदेखि सेवा दिदै आएको शाखा बेनीले आयोजना गरेको सप्ताह कार्यक्रमलाई बैंकका शियर धनि लिलाबहादुर बानियाँद्धारा उद्घाटन गरेका हुन् । रजत जयन्तीको अवसरमा बेनी शाखाले कैलाश शिल्भर जुम्ली बचत खातामा ७ प्रतिशत ब्याज र कैलाश शिल्भर जुम्ली होमलोनमा ०.७५ सेवा शुल्क लिने ब्यवस्था मिलाएको शाखाका प्रवन्धक मिलनकुमार श्रेष्ठले बताए । शाखाले रजत जयन्तीको अवसरमा सेवा लिन आउने ग्राहकलाई विशेष छुटका साथ सेवा उपलब्ध गराउने ब्यवस्था मिलाएकाे छ ।
बैंकले ७० ओटा शाखाबाट सेवा दिदै आएको छ । बैंकको चुक्ता पुजी २ अरव ५२ करोड रहेको छ । भने २२ अर्ब निक्षेप संकलन गरेको बैंकले २० अर्ब कर्जा लगानी गरेको छ । मोवाइल र बैकिङ सेवा दिदै आएको बैंकले २७ ओटा एटिम शाखाबाट सेवा दिदै आएको छ । रजतजयन्तीको अवसरमा २०७४/७५ को मुनाफाबाट शेयरधनिलाई १७ प्रतिशत नगद लाभान्स शेयरधनीलाई दिने प्रस्ताव गरेको छ । रजतजयन्तीको अवसरमा देशभर रहेका शाखाले रक्तदान दान, छात्रवृति लगायतका कार्यक्रम आयोजना गरिरहेका छन् ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l