बिलवाङका पहिरो पिडितलाई थप राहत वितरण

  • १५ आश्विन २०७५, सोमबार
  • 1521 पटक पढिएको

दरवाङ १५ असोज । मालिका गाउँपालिका २ बिलवाङका पहिरो पिडितहरुलाई सोमबार थप राहत वितरण गरिएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिले दरवाङ स्थित गाउँपालिकाको कार्यालयमा ५ घरपरिवारलाई तीस हजार रुपैयाको दरका राहत वितरण गरेको हो ।

नरबहादुर पुन, खप्रसाद पुन, चिजमान पुन, नोटबहादुर पुन र तमकुमारी पुनको परिवारलाई प्रजिअ लीलाधर अधिकारी, पुर्व सभासद गोविन्द पौडेल, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, धवलागिरीका अध्यक्ष थमसरा पुन, मालिकाका उपाध्यक्ष खरमाया बिटालु र प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले राहत रकम वितरण गनुभएको थियो ।


गत साउनमा पहिरोले घर पुरीदा पिडित भएका बिलवाङका बासिन्दाहरुलाई गाउँपालिकाले पनि थप पच्चिस हजार रुपैयाकाका दरले राहत वितरण गर्ने निर्णय भएको अध्यक्ष रोकाले जानकारी दिनुभयो