विद्यार्थी पुनको उपचारका लागि लायन्स दोभानको सक्रियतामा २० हजार सहयोग
- १४ आश्विन २०७५, आईतवार
- 1564 पटक पढिएको
म्याग्दी, १४ असोज । बेनीस्थित प्रकाश माध्यमिक विद्यालयको ११ मा अध्ययरत सविन पुनको उपचारका लागि लायन्स क्लव अफ म्याग्दी दोभानको सक्रियतामा २० हजार १०० रुपैया संकलन गरि सहयोग गरिएको छ । फुटवल अभ्यासका क्रममा अचानक विरामी भएका धौलागिरि गाउँपालिका– ३ मुना घर भएका पुनको उपचारका लागि सो सहयोग गरिएको हो ।
लायन्स क्लव अफ म्याग्दी दोभानका अध्यक्ष अम्विका श्रेष्ठको संयोजनमा संकलन गरिएको सो रकम पुनको आफन्त जुना बुढाथोकीको रोहबरमा हस्तान्तरण गरिएको हो । बेनी नगरपालिका– ७ मंगलघाट बसेर प्रकाश माविमा अध्ययनरत पुन फुटवल अभ्यासका क्रममा अचानक विरामी भएका थिए । पुनको परिवारको बाबा विदेश र आमा सम्पर्कमा नभएको हुदाँ उपचारका लागि दोभानको संयोजनमा रकम संकलन गरि हस्तान्तरण गरिएको धौलागिरि नाट्य समुहका अध्यक्ष रवि कार्कीले बताए ।
सो सहयोग संकलनमा दोभानका अध्यक्ष श्रेष्ठ, जानकी विश्वकर्मा, सञ्जु बरुवाल र दिदिबहीनी बचत तथा ऋृण सहकारी संस्था, लायन्स क्लव अफ बेनी, लायन्स क्लव अफ पिस सिटि, र लायन्स क्लव अफ बेनी महारानीले सहयोग गरेका थिए । बेनी अस्पतालमा उपचार हुन नसकेपछि पोखरा मणिपाल अस्पतालमा उपचारका लागि लगिएको थियो । लायन्स क्लव अफ बेनी सिटिका सविच राजु बानियाँले उपचारका लागि मणिपाल सम्म पु¥याएको थिए । भने पुन छामा जुना बुढाथोकीको साथमा रहेको छन् ।