रोजगार व्यस्थापन सम्झौता
- १३ आश्विन २०७५, शनिबार
- 2001 पटक पढिएको
बेनी १३ असोज । म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी उद्योग वाणिज्य संघ बिच शुक्रबार बेनीमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको लागि रोजगार ब्यवस्थापन सम्झौता भएको छ । रोजगार ब्यवस्थापन सम्बन्धि छ बुदे सम्झौतापत्रमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदी र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्षउत्तम कर्माचार्यले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पत्रमाउ द्योग वाणिज्य संघमा आवद्ध व्यवसाय तथा उद्योगहरुमा आवश्यक पर्ने जनशक्तिको कार्यक्षेत्र सहितको सूचि तयार पारी नियमित रुपमा क्याम्पसलाई जानकारी गराउने र त्यस्तो जनशक्तितयार पारी क्याम्पसले उद्योग वाणिज्य संघलाई उपलब्ध गराउने उल्लेख छ ।
यस्तै क्याम्पसले जनशक्ति तयार पारी पठाएको सूचिलाई बाणिज्य संघले आफ्ना सदस्य व्यवसायीहरुले सञ्चालन गरेको व्यवसाय तथा उद्योगमा रोजगारीको व्यवस्थागर्ने भएको छ । पछिल्लो समय बजारमा दक्ष जनशक्तिको अभाव भएकाले जनशक्ति उत्पादन र रोजगारीको ग्यारेण्टी गर्नका लागि रोजगार व्यवस्थापन सम्झौता गरिएको उवासंघका अध्यक्ष कर्माचार्यले बताए ।
जिल्लाका उद्योग, ब्यवसायमा आवश्यक जनशक्ति उत्पादन गर्नका लागि क्याम्पसले विद्यार्थीहरुलाई अतिरिक्त सिकाई,तालिम तथा प्रशिक्षण व्यवस्था गर्ने सञ्चालक समितिका अध्यक्ष सुवेदीले बताए । समुदायद्धारा सञ्चालीत स्नाकोत्तर तहसम्मको पठनपाठन हुने म्याग्दी क्याम्पसमा एक हजार जना विद्यार्थी अध्ययनरत रहेका छन् ।