ईन्द्रेणी र भिमसेन टोलमा नाली सरसफाई
- १२ आश्विन २०७५, शुक्रबार
- 1635 पटक पढिएको
बेनी १२ असोज । बेनी नगरपालिका ७ को ईन्द्रणी र भिमसेन टोलमा रहेको ढलको नाली सरसफाई गरिएको छ ।नगरपालिकाको आर्थिक सहयोगमा भिमसेन ईन्द्रेणीटोल सुधार समितिको पहलमा नालीमा जमेको फोहोर हटाएर सरसफाई गरिएको हो । नालीमा हिलो र फोहोर जमेर पानी बहिर निस्कन थालेपछि सरसफाई गरिएको टोल सुधार समितिका अध्यक्ष नैनकुमार श्रेष्ठले बताए ।
नाली सरसफाईका लागि वडा न. ७ को प्रस्तावमा नगरपालिकाले चालू आर्थिक वर्षमा पचास हजार रुपैया बिनियोजन गरेको समितिका भावना पौडेललले बताए । नगरपालिकाले बिनियोजन गरेको बजेटले नपुगे टोलबासी मिलेर नाली सरसफाईलाई पूर्णता दिने उनले बताए । नालीको फोहोर हटाएपछि सरसफाईमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।