जनसेवी लघुवित्त वित्तिय संस्था शाखा कार्यालय दरबाङमा गोष्ठी

  • १० आश्विन २०७५, बुधबार
  • 2714 पटक पढिएको

म्याग्दी, १० असोज । जनसेवी लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय दरबाङमा केन्द्र प्रमुख तथा उपप्रमुखको गोष्ठी बुधवार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले ग्रामीण भेगका महिलाहरुको जिवनस्तर उकास्नको लागि उत्पादनशिल क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष विकास गौचन, कार्यकारी प्रमुख कमल बहादुर खत्री र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले लघुवित्तबाट प्रवाह गरिएको कर्जाले महिलाहरुले कुखरापालन, सिलाई कटाई, गाईभैसीपालन, तरकारी, फलफुल खेती, ब्यापार ब्यवसाय र उद्यमशिलताको विकास गराउन सहयोग पुगेकोमा जोड दिनुभयो ।

देउमायाँ महतको अध्यक्षतामा भएको कार्यक्रममा गरिमा विकास बैँकका दरबाङ शाखाका नारायण शर्माले मन्तव्य राख्नुभएको थियो । केन्द्रीय कार्यालयका बरिष्ट प्रवन्धक केसब प्रधानको सञ्चालन र दरबाङ शाखा प्रमुख मुक्ति सुवेदीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । शाखाले रु ४ करोड ५६ लाख ८७ हजार ८७१ रुपैयाँ समुह जमानीको आधारमा विनाधितो कर्जा प्रवाह गरेको जनाएको छ ।