रत्नेचौरमा रक्तदान

  • ८ आश्विन २०७५, सोमबार
  • 2225 पटक पढिएको

बेनी ८ असोज । बेनी नगरपालिका १ स्थित रत्नेचौर जागरण समूहको प्रथम वार्षिक उत्सवको अवसरमा सोमबार रत्नेचौरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।नेपाल रेडक्रस सोसाईटीको बेनी शाखाद्धारा सञ्चालित रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा सञ्चालित कार्यक्रममा ३० जनाले रक्तदान गरेका समूहका सुजन थापाले जानकारी दिनुभयो ।


समूहका अध्यक्ष गणेश बोगटीको अध्यक्षता र वडा अध्यक्ष टेकबहादुर रावलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कल्वले खेलकुद प्रतियोगिताका साथै युवाहरुको नेतृत्व, क्षमत्ता विकास र चेतनामुलक गतिबिधि गर्दै आएको छ ।