विमल सिर्पालीको पहिलो लोक गित “घर मुनिको तलाउ मायालु” भिडियोसहित बजारमा

  • ४ आश्विन २०७५, बिहीबार
  • 4128 पटक पढिएको


म्याग्दी, ४ असोज । म्याग्देली कलाकार विमल सिर्पालीको पहिलो एल्वम “घर मुनिको तलाउ मायालु” बोलको गित भिडियो सहित बजारमा आएको छ । बेनी नगरपालिका– ३ भकिम्ली मुसुङ्गमा जन्मिएका सिर्पालीको स्वर, खेम सन्चुरीको शब्द सिर्जनामा तयार गरिएको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो ।

जीवनको उमेरसंगै उकाली ओरालीमा हुने पहिलो प्रेममा मन परेको मान्छे भेट हुदाँ, देख्दा पलहरुलाई गितमार्फत सन्दैश प्रवाह गर्दै बजारमा ल्याएका छन् । मायामा हुने सबै गुण प्रेमिका भेटाउदाँ सबै थोक उनीनै हो भन्ने मायाको बास्तविकतालाई समेटिएको शब्दमा सिर्पालीको स्वर र गितको भावमा गरिएको मोडेलमा निर्मित बजारमा आएको भिडियोले चर्चा बटुलेको छ ।

गायक, संगितकार तथा मोडेल खेम सेच्चुरीको शब्द, नव गायक सिर्पाली र गायीका सरु आले मगरको स्वरमा सजिएको गितको भिडियोमा मोडेलमा खेम सेन्चुरी र भावना पैनीले गरेका छन् । घर मुनिको तलाउ भिडियोमा कपिल लामाको निर्देशन र प्रविन भट्टको सम्पादनमा बजारमा आएको हो ।
घैला बोकी हिडेकी तिमि पानी खान दिनेकी नदिनी, घर मुनिको तलाउ मायालु तिमी यसै राम्री छेउ लालीपाउडर नलगाउ । भन्ने शब्दमा पछिल्लो समयका युवायुवतीको प्रेमलाई चित्रण गरिएको भिडियो गितलाई खेम सेन्चुरी युटुवमार्फत बजारमा आएको छ ।