रारा गु्रपद्धारा गलेश्वरमा ईञ्जिनियरीङ अटो वर्कसप सुरु
- १ आश्विन २०७५, सोमबार
- 4158 पटक पढिएको
गलेश्वर १ असोज । म्याग्दीका युवा ब्यवसायीहरुको समूह रारा ग्रुपले गलेश्वरमा सोमबारदेखि ईञ्जिनियरीङ अटो वर्कसप सुरु गरेका छन् । रिम कटुवाल,हरि भण्डारी, नन्दु खत्री र चित्र खत्री सञ्चालक रहेको गलेश्वरमा स्थापित रारा ईञ्जिनियरीङ अटो वर्कसपको विश्वकर्मा पुजाको अवसर पारेर जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीद्वारा उद्घाटन गरिएको हो ।
दक्ष र अनुभव प्राबिधिकहरुद्धारा जिप, कार, ट्याक्सी, भ्यान, बस, ट्रक, टिप्पर, एक्साभेटर, ब्याकुलोडर लगायत सवारी साधनहरुको मर्मत, पाटपुर्जा जडान तथा परिवर्तन, पेन्टीङ र डेन्टिङ सेवा दिइने रारा ग्रुपका अध्यक्ष हरि भण्डारीले बताए ।बेनी–जोमसोम सडक खण्डको प्रवेश बिन्दुमा सञ्चालीत ईञ्जिनियरीङ अटो वर्कसपबाट मुस्ताङ क्षेत्रमा जाने आउने तथा जलविद्युत, सडक, भवन लगायत आयोजनामा प्रयोग भएका हेभी ईक्युभपेन्ट र सवारी साधन मर्मतमा सहयोग पुग्ने बताइएको छ ।
सवारी साधन बिग्रीएकै ठाउँमा पुगेर मर्मतको सुबिधा दिइने ग्रुपका सचिव नन्दु खत्रीले बताए । रारा अटोमोवाईल्सले मोटरला कम्पनीको मोविलको म्याग्दी र मुस्ताङको आधिकारीक डिलर समेत स्थापना गरेको छ ।यस्तै रारा ग्रुपद्धारा पर्वत बेनीमा सञ्चालीत रारा अटो मोवाईल्स मार्फत पछिल्लो एक वर्षयता टिभीएस कम्पनीका मोटरसाईकल, स्कुटर, महिन्द्रा कम्पनीका ट्याक्टर र जिपखरिद गरेका ग्राहकहरुलाई विश्वकर्मा पुजाको अवसरमा लक्कि ड्र गराइएको थियो ।
यसैबिच म्याग्दीका यातायाता र निर्माण ब्यवसायीहरुले यन्त्र उपकरणका देवता विश्वकर्माको पुजा भब्य रुपमा गरेका छन् । आफ्ना घर कारखानामा रहेका सवारी साधन र उपकरणहरुको सरसफाइ र पुजाआजा गरेका हुन् ।दुर्घटना, अनिष्ट नहोस भन्ने कामना सहितअसोज १ गते विश्वकर्मा पुजाको अवसर पारेर सवारी साधनको पुजाआजागर्ने चलन गरेको म्याग्दीजिपतथा बस ब्यवसायी समितिका कार्यबाहक अध्यक्ष् लालबहादुर थापाले बताए ।