सुरेसको उपचारका लागि सोमबार करिव तिन लाख सहयोग प्राप्त
- १ आश्विन २०७५, सोमबार
- 1533 पटक पढिएको
बेनी १ असोज । मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि सोमबार २ लाख ९२ हजार ४२० रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । सुरेश बचाउ अभियानमा मोना युर्एइले १ लाख ७० हजार ५, हाल दुवैमा रहेका बेनी नगरपालिका–१० रामरोका रोका संयाजेनमा ९४ हजार, अन्यको सहयोगमा सो रकम प्राप्त भएको हो ।
ओमकुमारी शान्तिकोषमा आयोजित कार्यक्रममा मोना युएईका कार्यसमिति सदस्य लोकेन्द्र केसीले अध्यक्ष राजेश शाक्य र सुरेशकी आमा सिता पाईजा छन्त्याललाई सो रकम हस्तान्तरण गरेका हुन् । छन्त्यालको उपचारमा मंगला गाउँपालिका ५ पिपलबोट केसीको सक्रियतामा सो रकम संकलन भएका थियो । मंगला गाउँपालिका–३ थर्पुगाउँकी गिता पाईजाबाट १० हजार, ५५, मंगला–५ खर्क पवित्रा रोकाबाट ५ हजार ५५, मंगला –५ झाँकीपानीकी रेनु छन्त्यालबाट ५ हजार १सय रुपैया सहयोगमा रकम जुटेको हो ।
दुवै मृगौलाले काम गर्न छाडेपछि काठमाडौको टिचीङ अस्पतालमा उपचार गराइरहेका १९ वर्षिय छन्त्यालका परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान मार्फत सहयोग उठाईरहेको छ। उनको उपचारमा २५ लाख भन्दा माथि खर्च लाग्ने भएपछि सो रकम अभियान सुरु गरिएको थियो । हालसम्म खातामा १५ लाख सहयोग संकलन भएको छ ।