एक्साभेटर खोलामा खस्दा चालक बेपत्ता
- ३१ भाद्र २०७५, आईतवार
- सन्तोष गौतम
- 1427 पटक पढिएको
म्याग्दी, ३१ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित निलगिरी खोलामा आइतबार अपराहन्न एक्साभेटर खस्दा चालक वेपत्ता भएका छन् ।
निलगिरी खोला जलविद्युत आयोजनाको सडक निर्माणमा प्रयोग भएको वुद्ध कन्ट्रक्सनको बा २ क ६००७ नम्बरको एक्साभेटर खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडक निर्माण स्थल देखि करिब एक सय मिटर तल खोलामा खस्दा एक्साभेटरका चालक तनहुँ भिमादका २२ वर्षिय कमल थापामगर वेपत्ता भएका प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढामगरले जानकारी दिनुभयो ।
प्रनाउ बुढाका अनुसार डोजरसंगै खोलामा खसेर घाइते भएको सहचालक अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ्गका १९ वर्षिय सागर पाईजालाई उपचारका लागि बेनी अस्पतालमा ल्याइएको छ । पाईजा पौडीएर खोलाबाट निस्कीएका प्रत्यक्षदर्शीले बताएका छन् ।
खोलामा डुबेको अवस्थामा एक्साभेटर देखिएको र वेपत्ता चालकको खोजीमा प्रहरी, आयोजनाका कर्मचारी र स्थानीयबासी परिचालन भएका छन् ।