बाढी पीडितलाई गाउँपालिकाद्वारा राहत वितरण

  • ३० भाद्र २०७५, शनिबार
  • धिरन खत्री
  • 2856 पटक पढिएको


म्याग्दी, ३० भदौँ । रघुगंगा गाउँपालिका– ८ कुईनेमंगलेका बाढी पीडितलाई गाउँपालिकाले राहत उपलब्ध गराएको छ । गाउँपालिकाले पुर्ण क्षतीलाई २५ हजार, आंशिक क्षेती १५ हजार, जोखिमयुक्त रहेर बसाई सरेका ७ घरपरिवारलाई नगद र बल्याङकेट र त्रिपाल उपलब्ध गराएको हो ।
गाउँपालिकाको विपत ब्यवस्थापन टोलीले प्रभावीत क्षेत्रको स्थलगत निरिक्षण र क्षत्ती विवरण संकलन गरि पिडितहरुलाई राहत वितरण गरेको हो । बाढीले कटानले पुर्ण क्षति भएका खरीबोटका ७९ बर्षिय चन्द्रबहादुर छन्त्याललाई २५ हजार र आशिंक क्षति भएका यामबहादुर छन्याल १५हजार, बेलबहादुर र चन्द्रबहादुर छन्त्याललाई १०÷१० हजार, भक्तिप्रसाद छन्त्याल ८ हजार र भक्तिप्रसाद विकलाई ६ हजार, शिक्षकहरुलाई ६ हजार र बल्याङकेट, त्रिपाल उपलब्ध गराएको उपाध्यक्ष कमला तिलिचाले जानकारी दिईन ।


गाउँपालिका अध्यक्ष भण्डारीले क्षत्ती विवरण संकलन गरि पिडितहरुलाई प्रारम्भिक राहत उपलब्ध गराउदै थप क्षत्ती हुन नदिन सर्तकता अपनाउन आग्रह गरिएको बताए । भण्डारीले रोकीएको पढाईलाई सूचारु र जनजिवनलाई सहज बनाउन गाउँपालिकाबाट सहयोग गर्ने नपुगेको प्रदेश र केन्द्र सरकारबाट पहल गर्ने बताए ।
बगाएको, बाँकी भवन पनि कटानको जोखिममा रहेकाले कक्षा १० सम्मको पठनपाठन हुने १७५ जना विद्यार्थी अध्ययनरत रितुङ माविमा हुने पठनपाठन दुई हप्ताका लागि बन्द गरिएको रितुङ माविका प्रअ खिमबहादुर छन्त्यालले बताए ।


रघुगंगा नदीमा आएको बाढीले सामुदायीक, स्वास्थ्य चौकी, झोलुङ्गे पुल, सडक, खेलमैदान, पैदलमार्ग, विद्युत मन्दिरमा क्षत्तीले कुईनेमंगलेको जनजीवन प्रभावित भएको वडा अध्यक्ष गमान छन्त्यालले बताए ।
विद्यालय पठनपाठन सुचारु गर्न र आवातजावात सहज बनाउन तत्काल बाटो निर्माण गर्नुपर्ने बताउदै सहयोग गरिदि वडा अध्यक्ष छन्त्यालले आग्रह गरेका छन् ।
गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष तिलिचा, वडा अध्यक्ष छन्त्याल, गाउँपालिका राहत ब्यवस्थापन समितिका सदस्य सचिव टिका शाहीले स्थलगत अवलोकन गरि पीडितलाई राहत उपलब्ध गराएका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l