छात्रा फुटवलको उपाधी माउण्ट एभरेष्टलाई
- २८ भाद्र २०७५, बिहीबार
- 2167 पटक पढिएको
बेनी, २८ म्याग्दी । बेनीमा सम्पन्न दोस्रो छात्रा फुटवल रनिङ शिल्डको उपाधी माउण्ट एभरेष्ट आवसिय मावि बेनीले जितेको छ । तिजको अवसरमा जिल्ला खेलकुद विकास समिति म्याग्दीले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको बुधवार भएको फाईनलमा गलेश्वर आर्दश माविलाई शुन्यका विरुद्ध दुई गोलले पराजित गर्दै उमाउण्टले उपाधी जितेको हो ।
प्रतियोगितामा प्रथम र द्धितिय हुनेलाई क्रमश ः नगद २० हजार र १२ हजारको साथमा, ट्रफी मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, बेनी नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत लाेकनाथ भुषाल र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा गलेश्वर आर्दश माविकी रश्मी श्रेष्ठ, वेष्ट पोइन्ट माविकी यमुना पुन र बुद्ध एकेडमीकी भावना थापाले ४ गोल गर्दै सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी माउण्ट एभरेष्टकी गोलरक्षक दिक्षा तिलिजा हुदै जनही २ हजार ५ सय रुपैया पुरस्कारले सम्मानित भएका थिए ।
बुद्ध एकेडेमी बगरफाँट अनुशासित टिम हुदैँ नगद चार हजार रुपैयाँ साथमा मेडल र प्रमाणपत्रले पुरस्कृत भएको थियो । तिन दिनसम्म संचालन भएको प्रतियोगितामा १२ ओटा विद्यालयको सहभागिता रहेको थियो ।