मुक्तिनाथ सहकारीको अध्यक्षमा गौतम चयन
- २३ भाद्र २०७५, शनिबार
- कमल खत्री
- 1756 पटक पढिएको
बेनी २३ भदौ । बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको शनिबार सम्पन्न ११ औ वार्षिक साधारणसभा एवं छैटौ अधिवेशनबाट लिलाराम गौतमको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन भएको छ । समितिको उपाध्यक्षमा दण्डपाण्ी सापकोटा, सचिवमा दण्डपाणी पराजुली, कोषाध्यक्षमा चिरञ्जिवी बोगटी र सहसचिवमा भावना पौडेल निर्वाचित हुनुभएको छ । देवी केसी बरिष्ठ सदस्य रहनुभएको समितिको सदस्यहरुमा दिपेन्द्र विश्वकर्मा, पदम खत्री, चन्द्र शेरचन, टेक प्रसाद सापकोटा र कोमल प्रसाद उपाध्याय रहनुभएको छ ।
नारायणप्रसाद सुवेदीको संयोजकत्वमा त्रिबिक्रम शर्मा र अमर केसी सदस्य रहनुभएको लेखा समिति चयन भएको छ । निवर्तमान अध्यक्ष शेरबहादुर केसी बरिष्ठ र पुर्व अध्यक्ष कोषानन्द आचार्यलाई सल्लाहकारमा चयन गरिएको छ । संस्थाले गत आर्थिक वर्ष २०७४÷७५ मा ७४ करोड १८ लाख ७९ हजार ३५ रुपैया बराबरको कारोबार गरेको साधारण सभामा जानकारी गराइएको थियो ।
दुई करोड ९९ लाख ६१ हजार ४५९ रुपैया आम्दानी र दुई करोड ७८ लाख ९२ हजार ३३१ रुपैया खर्च गरेको सहकारीले बिस लाख ६९ हजार १२८ रुपैया बचत भएको जनाएको छ । साधारण सभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीले उत्पादनशिल क्षेत्र र रोजगारि सिर्जना हुने क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा बेनपा ६ का वडा अध्यक्ष तथा नगर कार्यपालिकाको सहकारी विभाग संयोजक कृष्णबहादुर बानिया, विश्वामित्र सहकारीका यामबहादुर बानिया, अर्थुङ्गे बहुउदेश्यीय सहकारीका सोमनाथ ढुङ्गाना, पुर्व अध्यक्ष कोषानन्द आचार्य र शेयर सदस्यहरुको तर्फबाट कोमल उपाध्यायले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
शेरबहादुर केसीको अध्यक्षता, दण्डपानी सापकोटाको सञ्चालन र लिलाराम गौतमको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा सचिब सापकोटाले प्रगती र कार्यबहाक कोषाध्यक्ष चिरञ्जीबी बोगटीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उत्कृष्ट कारोबार गर्नेहरुबाट रमेश शर्मा भुषाल, सरस्वती चापागाई, सितल थापा, राधिका कँडेल, रामदास बैरागी, उत्कृष्ट कर्मचारीको रुपमा दिलकुमारी शेरवुजा, एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याएर उत्र्तिण भएका शेयर सदस्यका छोराछोरी मध्ये विश्वास केसी र विपना केसीलाई सम्मान गरिएको थियो ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l