दिदीबहीनी सहकारीको करिब साढे तेह् करोड लगानी

  • २३ भाद्र २०७५, शनिबार
  • सन्तोष गौतम
  • 2227 पटक पढिएको

बेनी २३ भदौ । बेनीमा महिलाहरुको नेतृत्व र ब्यवस्थापनमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७४÷७५ मा करिब साढे १३ करोड रुपैया कर्जा लगानी गरेको छ । संस्थाको शनिबार बेनीमा भएको सातौ वार्षिक साधारणसभामा गत आर्थिक वर्षमा दश कराेड २१ लख ६८ हजार ७९२ रुपैया निक्षेप संकलन, १३ करोड ३६ लाख १० हजार ९४२ रुपैया कर्जा लगानी, एक करोड ९२ लाख ८० हजार ६०२ रुपैया आम्दानी, एक करोड ५४ लाख ८१ ह्जार ८८५ रुपैया खर्च र १८ लाख २१ ह्जार २५६ रुपैया मुनाफा भएको जानकारी गराइएको हो । ८५५ जना सदस्यको चार करोड २१ लाख ५१ ह्जार रुपैया सेयर पुजी रहेको संस्थाले मुट्ठिदान अभियान मार्फत गरिब, विपन्न, असाहय, अशक्तहरुलाई सहयोग गर्दै आएको कोषाध्यक्ष जगतकुमारी खत्रीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । साधारणसभाको अवसरमा पत्रकार सन्तोष गौतमलाई तिन हजार ३३३ रुपैया सहित पुरस्कृत गरेको छ ।

फोक्सो सम्बन्धि समस्याबाट बिरामी भएकी रघुगंगा गाउँपालिका १ बेगखोलाकी खिमकुमारी शर्माको उपचारका लागि १५ हजार १५१ र मंगला गाउँपालिका ५ नेटाका मृगौला पिडित सुरेश छन्त्यालको उपचारका लागि ११ हजार १११ रुपैया सहयोग गरेको छ । यसैगरी बेनपा ५ भिरमुनीका कर्णबहादुर कार्कीलाई मुट्ठीदान अभियान मार्फत १५ पाथी चामल, ५ केजी नुन, ५ लिटर तेल, ५ केजी दाल, १ केजी चियापत्ति र १ प्याक साबुन सहयोग गरेको छ ।संस्थाका सदस्यहरुबाट मुट्ठीदान अभियान मार्फत आर्थिक र खाद्यान्न संकलन गरी हालसम्म ११ ठाउँका ७० जनालाई सहयोग गरेको जनाएको छ । साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता, ऋणी, सबैभन्दा बढी अंक हासील गरेर एसईई उतिर्ण हुने सेयर सदस्यका छोराछोरीलाई पुरस्कृत तथा सम्मान र एकल महिलाहरुलाई प्रोत्साहन रकम वितरण गरिएको थियो ।


साधारणसभामा जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्की (दिपक बिखर्ची)ले सरकारले सहकारीमैत्री कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । आर्थिक विकासका लागि सहकारी परिचालनको निती लिनुपर्ने अध्यक्ष कार्कीको भनाई थियो ।प्रजिअ लिलाधर अधिकारीले सरकारले सहकारीलाई गरिबी निवारणको आधार मानेर तिन खम्बे अर्थनिती अबलम्बन गरेको बताउदै बचत संकलन र ऋण लगानीमा मात्र नभएर रोजगारी सिर्जना, स्वरोजगार र उद्यमशिलताको विकासमा अग्रसर बन्न सुझाव दिनुभयो ।

बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले सहकारीले महिलाको आयआर्जनसंगै सामाजिक शशक्तिकरणको क्षेत्रमा पनी सक्रिय भुमिका निर्वाह गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो । संस्थाकी अध्यक्ष ज्योती लामिछानेको अध्यक्षता, सचिव सुगम श्रेष्ठको सञ्चालन र उपाध्यक्ष बिष्णु गौतम सापकोटाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा बेनी नगर कार्यपालिकाको आर्थिक विकास समितिका संयोजक कृष्णबहादुर बानिया र सेयर सदस्य बिमला गौचनले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

 

सन्तोष गौतम