हरितालिका तीजको अवसरमा खवरमा विविध कार्यक्रम सम्पन्न
- २३ भाद्र २०७५, शनिबार
- 1549 पटक पढिएको
म्याग्दी, २३ भदौ । म्याग्दीको बेनी नगरपालिका– २ खबरामा हरितालिका तीजको अवसरमा बिशेष कार्यक्रम सम्पन्न भएको छ । स्थानीय गणेश आमा समुहका अध्यक्ष बबिता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष हिरा बहादुर थापा, वडा सदस्य गौमती नेपाली लगायतले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा गित तथा नृत्य प्रस्तुत संगै दर खुवाउने कार्यक्रम गरिएको थियो भने इश्वर सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।