राष्ट्रिय शिक्षा दिवसको अवसरमा उतकृष्ट विद्यार्थीलाई सम्मान

  • २३ भाद्र २०७५, शनिबार
  • धिरन खत्री
  • 1801 पटक पढिएको

म्याग्दी, २३ भदौ । ३९ आँै राष्ट्रिय शिक्षा दिवस एवम अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा जिल्लाबाट एसईइमा उतकृष्ट जिपिए ल्याउने विद्याथीहरुलाई सम्मान गरेर मनाईएको छ । बेनी नगरपालिकाको आयोजना र शिक्षा विकास तथा समन्वय इकाईको सहआयोजनामा शनिबार विविध कार्यक्रमसंगै विद्यार्थीहरुलाई सम्मान गर्दै बेनी सामुदायिक विद्यालयको प्राङ्गरणमा मनाईएको हो ।

बेनी नगरपालिकाको मेयर हरिकुमार श्रेष्ठको अध्यक्षता एवम् गण्डकी प्रदेश सांसद विनोद केसीको प्रमुख आथिथ्यतामा एसिइईमा सहभागि भई उतकृष्ट जिपिए ल्याउने सरकारी तथा निजि विद्यालयका विद्याथीहरुलाई सम्मान गरिएको थियो । जिल्लामा रहेका निजी तथा सामुदायीक विद्यालयहरू मध्ये  ३.९५ जिपिए ल्याउने लिटल गार्डेन एकेडेमीकी अमिशा परिवार र सामुदायिक तर्फ  ३.९० जिपिए ल्याउने मुक्तिधाम माविका अनुपम केसीलाई सो कार्यक्तममा सम्मान गरिएको थियो । लिटल गार्डेन एकेडेमी औसत  ३.७३ जिपिए सहित जिल्लाको उत्कृष्ट विद्यालयकाे रूपमा पुरस्कृत भएकाे थियाे ।

सो कार्यक्रममा बौल्दै गण्डकी प्रदेशका सांसद केसीले शिक्षा मानव जीवनको आधार भएको बताउदै  शिक्षा क्षेत्रमा देखिएको पुर्वाधार, शिक्षकको अभावलाई पुर्ति गर्न सरकार गम्भिर भएको बताए । सरकारको सुविधा लिदा विश्वास गर्ने तर सरकारले दिएको निशुल्क सेवामा विश्वास नगर्ने मानसिकतालाई परिवर्तन गर्न आग्रह गरेका थिए । शिक्षाको पाठ्यक्रम देशको भुगोलको स्रोतसाधनको आधारमा  बैज्ञानिक र ब्यवहारिक  बनाउन प्रदेश सरकारको पहल भएको बताए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले नेपाली विद्यार्थीले विदेशमा गएर उतकृष्ट सिप तथा क्षमता प्रर्दशन गरेको बताउदै तिनिहरुको क्षमतालाई स्वदेशमा परिचालन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यान जानुपर्ने बताए । नेकपाका नेता गोविन्द्र पौडेल, नेपाली काग्रेसका उपसभापति माधवप्रसाद रेग्मी लगायतले सरकारी शिक्षामा सुशासनको अभावले गुणस्तर खस्केको बताउदै  जनप्रतिनिधि र  शिक्षक जिम्मेवार बन्न  आग्रह गरेका थिए ।

शिक्षा विकास तथा समन्वय ईकाका प्रमुख दल थापाको स्वागत, बेनी नगरपालिका शिक्षा संयोजक विश्वप्रकाश रेग्मीका संचालनमा भएको कार्यक्तममा विभिन्न विद्यालयका विद्यार्थीहरुले  सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए । बेनी नगरपालिकाभित्र उतकृष्ट जिपिए ल्याउने विधाथीहरुलाई पनि सो कार्यक्रमका अवसरमा सम्मान गरिएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l