बेनीमा जोगी नाच
- २१ भाद्र २०७५, बिहीबार
- 3011 पटक पढिएको
म्याग्दी, २१ भदौँ । सदरमुकाम बेनीमा बिहीबार जोगि नाचँ देखाईएको छ । नेपाल भाषा मंका खल म्याग्दीको आयोजनामा जोगिको भेषमा सजिएर जोगी नाचँ देखाईएको हो । वर्खे नाच प्रत्येक वर्ष गरे पनि त्यो भित्र पर्ने रोपाई नाचँ, जोगी नाचँ, हनुमान नाचँ जस्ता ठुला खालका नाचँहरु दुई तिन वर्षको अन्तरालमा देखाईने गरेको अध्यक्ष सुविन श्रेष्ठले बताए ।
युवा पुस्ताहरुलाई समेटेर जोगिको भेषमा सजिएर बजारमा डमरु, त्रिशुल, घण्टा, कमन्डलु लगायतका हातमा लिई महादेवले गर्ने नृत्य प्रर्दशन गरेका थिए। हिन्दु धर्म संस्कृतिमा रहेर जोगी नाचलाई निरन्तरता दिनको लागि युवा पुस्तालाई हस्तान्तरण गर्दै कला संस्कृतिको लागि युवाहरुलाई परिचालन गरिएको अध्यक्ष श्रेष्ठले बताए । २०७२ सालमा देखाईएको जोगी नाचँ तिन बर्षपछि आज देखाएका हुन् ।