म्याग्देली गायक परियारको तिज गित ‘अचम्मैको प्यार’ (भिडियो सहित)

  • ४ भाद्र २०७५, सोमबार
  • 3881 पटक पढिएको

म्याग्दी, ४ भदौ । म्याग्देली गायक बलबहादुर परियारको तिज गित ‘अचम्मैको प्यार’ बजारमा आएको छ । गायक बलबहादुर र गायीका लक्ष्मी परियारको स्वरमा रहेको सो गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो ।


गायक परियारको शब्द संकलन र रमेश शेन्चुरीको एरेन्ज रहेको गितको म्युजिक भिडियोमा राजकुमार परियार र बर्षाले नृत्य र अभिनय गरेका छन् । हमाल म्युजिक प्रा.लि मार्फत युटुब मार्फत बजारमा ल्याईएको सो गितको म्युजिक भिडियोमा रामेश्वर हुमागाईको छायांकन र जिवन शेन्चुरीको सम्पादन र निर्देशन रहेको छ ।

 

बेनी नगरपालिका–५ मा रहेको धार्मिक पर्यटकीइ स्थल पछैमा छायांकन गरिएको सो म्युजिक भिडियोले तिज गित मार्फत मनोरञ्जन संगै पछै क्षेत्रको प्रचार प्रसार संगै पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने मोडल राजकुमार परियारले बताउनुभयो ।