मुस्ताङ ट्रिपर दुर्घटनाः मृतक १९ मध्ये १८ को सनाखत (नामावलीसहित)

  • २२ असार २०७५, शुक्रबार
  • 2742 पटक पढिएको

 

मुस्ताङ । मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा  शुक्रबार दिउँसो ट्रिपर दुर्घटना हुँदा १९ जना मजदुरको ज्यान गएको छ  । भने १२ जना घाइते भएका छन् ।दुर्घटनामा मृत्यु भएका अधिकांश रोल्पा र दाङका रहेका छन् । मृत्यु हुनेमा १३ जना पुरुष र ६ जना महिला रहेका छन् ।

सडक निर्माण गर्ने मजदुरहरुलाई खान खुवाउन ल्याई फर्काउने क्रममा बा२क २२१९ नम्बरको ट्रिपर सडकदेखि करिव ५० मिटर तल खस्दा ति मजदुरहरुको ज्यान गएको हो । साे  टिपरमा ३२ जना सवार  थिए ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले दिएको जानकारी अनुसार मुस्ताङको लो–घेकर दामोदर कुण्डा गाउँपालिका वडा नम्वर–३ स्थित स्याङवोचे भन्ने स्थान र घिलिङ्ग गाउँको बीचमा पर्ने स्थानमा उक्त दुर्घटना भएको हो ।

मृत्यु हुनेहरु

१. वर्ष ३१ की जितमाया घर्ती, रोल्पा
२. वर्ष ३६ का मौसम घर्ती, रोल्पा
३. वर्ष १९ का महेश रोका, रोल्पा
४. वर्ष ३२ का रामकुमार पुन, रोल्पा
५. वर्ष ३२ का सन्तु घर्ती, रोल्पा
६. वर्ष २८ का सुकमान, रोल्पा
७. वर्ष ३० का बालकुमार घर्ती, दाङ
८. वर्ष ३१ की कविता घर्ती मगर, दाङ
९. वर्ष ४३ की शान्ति थापा, दाङ
१०. वर्ष ३२ का सुवेर चौधरी, दाङ
११. वर्ष २५ का कमल बुढा, दाङ
१२. वर्ष २३ का सुजन घलान, धादिङ
१३. वर्ष २० का जीवन माझी, सिन्धुली
१४. वर्ष २२ की विनिता थापा, कैलाली
१४. वर्ष ३५ कमानसिंह रोका, कपिलवस्तु
१६. वर्ष २४ का कृष्ण क्षेत्री, स्याङजा
१७. वर्ष २० की सिर्जना घर्ती
१८. वर्ष २३ का राष्ट्रे रोका, रोल्पा
१९. वर्ष २३ की जितकुमारी पुन, रोल्पा

त्यस्तै घाइते भएकाहरुमध्ये तीन जनालाई उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत मणिपाल अस्पताल, पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय, मुस्ताङले जानकारी दिएको छ । पाँच जना घाइतेहरुलाई जिल्ला अस्पताल, जोमसोम लगिएको छ ।

बाँकी अन्य घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारको लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।