कालीगण्डकीमा वेपत्ता भएका दुई जनाको अबस्था अझै अज्ञात ! (भिडियो सहित)
- १५ असार २०७५, शुक्रबार
- 4819 पटक पढिएको
म्याग्दी १५ असार । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा बिहीबार दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा बेपत्ता भएका दुई जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन् । अन्नपूर्ण गाउँपालीका ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब तिस फिट तल कालीगण्डकीमा खस्दा बेपत्ता भएकोहरुको नदी किनारमा खोजी कार्य जारी राखेपनि केही पत्ता लाग्न नसकेको प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढामगरले जानकारी दिनुभयो ।
अन्नपूर्ण गाउँपालीका ७ का वडा अध्यक्ष गमबहादुर फगामीका अनुसार घराम्दीबाट सो जिप छुट्दा चालक बेनपा ९ का अन्दाजी ३२ वर्षिय रवी खड्का र घराम्दीकी २० वर्षिया सबिता नेपाली सवार थिए । कालिगण्डकी नदीमा जिप दुर्घटनाग्रस्त अबस्थामा फेला परेपनी उनीहरु भने अहिलेसम्म पनि बेपत्ता रहेका छन् ।रातीसम्म पनि उनीहरुको अस्था पत्ता लाग्न नसकेपछि कालीगण्डकीको बिचमा अड्कीएको जिपलाई हुटमा रसीले बाँधेर बगाउन नसक्ने गरि राखीएको भएपछि राती नदीमा पानीको बहाब बढेपछि सो जिपलाई नदीले करिब ३ किलोमिटर तल बेगखोलामा ल्याइपु¥याएको छ ।
नदीले बगाएर तल पु¥याएको जिपभित्र कोही पनि नभेटिएपछि अहिले वेपत्ता भएका चालक र यात्रुको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरी परिचालन गरिएकोे प्रनाउ बुढाले बताउनुभयो । बेपत्ता भएकाहरुको खोजीको लागि नदी किनारमा पनि निगरानी बढाइएको छ ।