चिमखोलामा परिवार नियोजन सम्बन्धि लोकगित प्रतियोगिता
- २५ चैत्र २०७४, आईतवार
- 2105 पटक पढिएको
म्याग्दी, २५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा परिवार नियोजन सम्बन्धि लोकगित प्रतियोगिता सम्पन्न गरिएको छ । स्थानीय मण्डली युवा क्लबले सञ्चालन गरेको भुमेपुजाको अवसरमा मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा दोस्रो चरणको कार्यक्रमको आयोजनामा महिला स्वास्थ्य स्वयमसेविकाहरु बिच उक्त प्रतियोगिता राखिएको हो । प्रतियोगितामा २ समुहका महिला स्वास्थ्य स्वयमसेविकाहरुले परिवार नियोजनाका साधनको प्रयोग र उपलब्धताको बिषयलाई समेटेर गित र नृत्य प्रस्तुत गरेका थिए ।
परिवार नियोजनका साधनको बारेमा प्रचार प्रसारमा सहयोग पुगोस भन्ने उदेश्यले उक्त प्रतियोगिता गरिएको कार्यक्रमका फिल्ड सुपरभाइजर टकमायाँ थजालीले जानकारी दिनुभयो । सो अवसरमा शुद्ध खानेपानी वितरण तथा सरसफाईका सुचकहरुलाई पदर्शन समेत गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष दुर्गा बहादुर पुन, सुआहाराका फिल्ड सुपरभाइजर थजाली, मिलन म्याग्दीका लेखा तथा प्रशासकिय अधिकृत हिरा बरुवाल लगायतको उपस्थिति रहेको थियो ।
गर्भवती महिला र २ बर्ष मुनीका बच्चा तथा उनका आमाहरुको पोषण स्थितिमा सुधार ल्याउन सञ्चालित यस परियोजनाले जिल्लाको ४५ वटै वटामा सरसफाई र पोषण स्थितिमा सुधार ल्याउन कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।