स्मल हेभन मन्टेश्वरीको दिक्षान्त समारोह

  • २३ चैत्र २०७४, शुक्रबार
  • 2472 पटक पढिएको


म्याग्दी, २३ चैत । स्मल हेभन मन्टेश्वरीका दोस्रो बाषित्सव तथा दिक्षान्त समारोह शुक्रबार गरिएको छ । स्मल हेभन मन्टेश्वरीले अध्ययनरत ६५ जना विद्याथी, अभिभावक लगायतका ब्यत्तित्वको उपस्थितमा विद्यालयको बार्षिक गतिविधि तथा अध्ययनरत विद्याथीहरुलाई अभिनन्दज एवम् पुरस्कार वितरण गरिएको हो ।


स्मल हेभन मन्टेश्वरी संचालन समितिका अध्यक्ष खम थापाको अध्यक्षता एमव् स्वागत मन्तव्य रहेको कार्यक्रममा म्याग्दी उद्योग वाण्ज्यि संघका अध्यक्ष उत्तम कर्माचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन गर्दै उत्तिर्ण विद्याथीलाई अभिनन्दन एवम् पुरस्कार वितरण गरिएको थियो । भने सो दिक्षान्त समारोहमा यु केजीबाट उतिर्ण हुने ९ जना विद्यार्थीहरुलाई अभिनन्दन गरिएका थियो ।


दिक्षान्त समारोहमा बोल्दै म्याग्दी उद्योग बाण्ज्यि संघका अध्यक्षत उत्तम कर्माचार्यले बालबालिकाको इच्छा र चाहना अनुसार शिक्षा प्रदान गर्नु मन्टेश्वरीको उद्देश्य भएको हुदाँ ब्यवहारिक शिक्षातर्फ बालबच्चालाई आकर्षित गर्नुपर्ने बताएका थिए । जुन रुपमा गुणस्तर शिक्षा प्रदान गर्दै संचालनमा रहेको मन्टेश्वरीलाई अभिभावकको चाहना र शिक्षाको नीति नियममा पालना गरेर गुणस्तर शिक्षा सुलभ तरिकाबाट संचालन गर्न आग्रह गरेका थिए । त्यस्तै सो कार्यक्रममा जिससका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्य, निर्मित जिल्ला शिक्षा अधिकारी दल थापा, श्रोत ब्यक्ति मोहन बानियाँ, माउण्ट एभरेष्ट माविका अध्यक्ष चन्द्र केसी, म्याग्दी उद्योग वाणिज्य संघ प्रदेश ४ का सदस्य कुविरकुमार श्रेष्ठ, जेष्ठ नागरिक नैनकुमार श्रेष्ठ, अभिभावक हरिकृष्ण गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


खम थापा, कमल विश्वकर्मा, गणेश बरुवाल, सुरेश पुनबाट संचालनमा रहेको स्मल हेभन मन्टेश्वरी आगामी बर्षदेखि माउण्ट एभरेष्ट आवसिय माविले नया ब्यवस्थापन संचालन हुने छ सो मन्टेश्वरीमा ६५ जना अध्ययनरत छन् । दिक्षान्त समारोहमा मन्टेश्वरीका विद्याथीहरुले नृत्य देखाएका थिए । सो समारोहमा माउण्ट एभरेष्ट माविका संचालन चन्द्र केसी, सुरज केसी, प्रमोद श्रेष्ठ, सुविन श्रेष्ठ, राजेश शाक्य लगायतको उपस्थितमा दोस्रो बाषिकत्सव एवम् दिक्षान्त समारोह रेडक्रस सभाहलमा सम्पन्न भएको थियो ।