म्याग्दीबाट एसइई परिक्षामा २ हजार ३३९ जना सहभागि हुँदै, तयारि पुरा
- ५ चैत्र २०७४, सोमबार
- कमल खत्री
- 2005 पटक पढिएको
म्याग्दी, ५ चैत । चैत ८ गतेबाट सुरु हुने एसइई परिक्षामा म्याग्दीबाट २ हजार ३३९ जना सहभागि हुने भएका छन् । परिक्षा सञ्चालनको लागि ९ ओटै केन्द्रमा केन्द्राध्यक्षलाई नियुक्त गरिसकिएको र परिक्षाको अधिकाँश तयारी पुरा भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयले परिक्षालाई मर्यादित बनाउनको लागि केन्द्राध्यक्षलाई अभिमुखीकरण समेत सम्पन्न गरिसकेको छ । परिक्षालाई शान्त र मर्यादित बनाउन निर्देशन दिईसकिएो जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले बताए ।
जिल्लाको मुक्तिमार्ग मावि घारमा रमन पुन, मुक्तिधाम मावि राखुमा अम्मरबहादुर केसी, हेम मावि शिवाङमा शेरबहादुर केसी, जनप्रिय मावि दरवाङमा दिवाकर सुवेदी, मंगला मावि बावियाचौरमा गमबहादुर खत्री, धौलागिरि मावि सिंगामा दण्डपाणि सापकोटा, प्रकाश मावि बेनीमा हरिकृष्ण सुवेदी, बेनी सामुदायिक मा.वि बेनीमा उमादेवी कँडेल र न्यु वेष्ट आवशिय मावि बेनीमा गजेन्द्र श्रेष्ठलाई केन्द्राध्यक्ष तोकिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लामा रहेको ९ ओटै केन्द्रहरुमा सवभन्दा बढी विद्यार्थी प्रकाश मावि केन्द्रमा रहेको र सवभन्दा कम मुक्तिमार्ग मावि घारको केन्द्रमा रहेका छन् । जिल्लामा रहेका सम्पुर्ण केन्द्रका लागि आवश्यक सामाग्रीहरुको बन्दोबस्तको तयारी समेत पुरा भएको कार्यालयले जनाएको छ।

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l