पुनहिलमा यसरी रमाए हिउँसंगै पर्यटक (भिडियो सहित)
- २ चैत्र २०७४, शुक्रबार
- 2784 पटक पढिएको
म्याग्दी, २ चैत । म्याग्दीका अन्नपूर्ण गाउँपालिका –६ मा अवस्थित पर्यटकीय पुनहिल क्षेत्रमा बेमौसममी हिमपात भएपछि यस क्षेत्रमा पुगेका पर्यटकहरु हिउँसंगै खेलेर रमाएका छन् गयराती मौसममा आएको बदली संगै हिमपात भएपछि पुनहिल संगै यस क्षेत्रमा रहेको प्रशिद्ध पर्यटकीय क्षेत्र मोहरेडाँडा, खोप्रालेक क्षेत्रका गुँरासे जंगल हिउँले ढाकिएका थिए ।
अन्नपूर्ण फेरोमा भम्रण आएका पर्यटकहरु बेमौसमी हिमपात भएपछि हर्षित भएर रमाईरहेको घोरेपानीका होटल व्यवसायि टेकसर बुद्धुजा पुनले बताउनुभयो । हिमपातले ढाकीएको जंगल हूँदै पर्यटकहरु पुनहिल पुगेर दिनभर जसो तस्बिर खिचाउन व्यस्त बनेका थिए ।