अदालतले गरिब विपन्न र असाहयलाई दिने निशुल्क सेवाबारे नागरिक अनविज्ञ ! (भिडियाे सहित)
- २ चैत्र २०७४, शुक्रबार
- 2389 पटक पढिएको
म्याग्दीमा जिल्ला अदालतबाट निशुल्क प्रवाह हुने सेवाबारे नागरिकहरु अनविज्ञ हुँदा सो सेवा प्रभाबकारी बन्न सकेको छैन् । अदातलमा कानुनी सेवा लिन आउने गरिब विपन्न अशाहय सेवाग्राहीका लागि निशूल्क कानुनी सहायता प्रदान गर्ने व्यवस्था गरिएपनी सो सेवा उपभोग गर्ने सेवाग्राही न्युन दखिएको जिल्ला अदातलले जनाएको छ ।
वार्षिक ४० हजार रुपैया भन्दा कम आय भएका नागरीकका लागि बैतनीक वकिल मार्फत निशूल्क कानुनी सेवा उपलब्ध गराउने व्यवस्था रहेपनि जानकारीको अभाबमा उक्त सेवा लिन आउनेहरु कम देखिएको जिल्ला न्यायाधिश राजकुमार कोइरालाले जानकारी दिनुभयो ।
‘‘ विपन्न र असाहयको लागि अदालतले निशुल्क कानुनी सेवा उपलब्ध गराउँछ, तर यो सेवाबारे अनविज्ञ हुँदा कतिपय नागरिक घरका बस्तुभाउ नै बचेर कविल मार्फत हजारौँ खर्चिएर उजुरीको निवदेन लेखेको भन्ने सुनिएको छ, उनीहरु सामु अदालतको सेवाबारे जानकारी पु¥याउन आबश्यक देखियो,’’–जिल्ला न्यायाधिश कोइरालाले भन्नुभयो ।उहाँले कतिपयले मुद्दाको निवेदन लेख्न तिस ÷चालीस हजार सम्म खर्च गर्न बाध्य भएको सुनिएको बताउँदै कानुनी सेवा लिन आउनेहरुले पहिले अदालतबाट आबश्यक परामर्श लिनुपर्ने बताउनुभयो । जिल्ला न्यायाधिश कोइरालाले निशूल्क कानुनी सुबिधाको बारेमा प्रचारप्रसारका लागि सञ्चारकर्मी र जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।