बाम गठबन्धनका जनप्रतिनिधिलाई बेनीमा प्रशिक्षण सुरु

  • २ चैत्र २०७४, शुक्रबार
  • 2349 पटक पढिएको

म्याग्दी, २ चैत । म्याग्दीको स्थानीय तहमा बाम गठबन्धनबाट बिजयी जनप्रतिनिधिहरुलाई शुक्रवारदेखि बेनीमा दुई दिने प्रशिक्षण सुरु भएको छ । नेकपा एमाले म्याग्दीको आयोजनामा बेनीमा सुरु भएको स्थानीय तहका जनप्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिममा स्थानीय तहको आर्थिक व्यवस्थापन, विक्तिय अनुशासन, स्थानीय कानुन निर्माण, न्याय निरुपण, स्थानीय तहको अधिकार, योजना निर्माण, दिगो विकासका सुचक लगायतको बिषयमा सहजीकरण हुनेछ ।

कार्यक्रममा राम बहादुर रावत, कोष नियन्त्रक छविन्द्र बेलबासे लगायतले सहजीकरण गर्नुहुने तालीमको एमाले म्याग्दीका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ र माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य तथा जिल्ला संयोजक गोविन्द पौडेलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।उद्घाटनका क्रममा अध्यक्ष श्रेष्ठ र संयोजक पौडेलले स्थानीय तहबाट प्रवाह हुने सेवा सुबिधा, विकास र कानुन निर्माणको कामलाई पारदर्शी, जनमुखी र प्रभावकारी बनाउन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको थियो ।

दुई दिनसम्म चल्ने तालीममा नेकपा एमाले, माओवादी केन्द्र र स्वतन्त्र रुपमा निर्वाचित गाउँपालीका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र कार्यपालीका सदस्यहरुको सहभागीता रहेको छ ।स्थानयि तहको आर्थिक व्यवस्थापन, वित्तिय अनुसासन, पारदर्शीता, कानुन निर्माण, न्यायीक निरुपण, अधिकारको क्षेत्राधिकार, योजना निर्माण र परिचालनका विषयमा पशिक्षण दिइने एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले मंगला र धौलागिरी गाउँपालीकामा अध्यक्ष, उपाध्यक्ष, मालीकामा उपाध्यक्ष जितेको थियो । एमालेले २४ वडा, काँग्रेसले १५, माओवादी केन्द्रले पाँच र २ वटा वडामा स्वतन्त्र उमेद्वार अध्यक्षमा निर्वाचित हुनुभएको थियो । बेनपा ३ का वडा अध्यक्ष पदम पुन र मालीका ७ का वडा अध्यक्ष रेशम जुक्जाली पनी उक्त तालीममा सहभागी हुनुभएको छ । एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, सचिव बालकृष्ण सुवेदीको सञ्चालन र उपसचिव देबहादुर घलेको स्वागत मन्तब्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।