कोरोना महामारीको कारण एसइई र कक्षा १२ को परीक्षा स्थगित

  • २७ बैशाख २०७८, सोमबार
  • 11625 पटक पढिएको

वैशाख २७ काठमाण्डौ । कोरोना महामारीको कारण राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।


अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । देशभर कोरोना महामारी बढेको भन्दै बोर्डले तत्काल परिक्षा सञ्चालन गर्न नसकिने निष्कर्ष निकालेको छ ।