विशेष

फुलवारीमा निर्मित चुनारे खानेपानी आयोजनाको उद्घाटन (फोटो फिचर)

म्याग्दी, २३ जेठ । म्याग्दीको मालिका गाउँपालिका–४ फुलवारीमा निर्मित चुनारे खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गरिएको छ । स्थानीय ७० घरधुरी लाभान्वित भएको उक्त आयोजनाको मंगलवार मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गरेका हुन् । मालिका गाउँपालिका अन्र्तगत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण मार्फत करिब... पुरा पढ्नुहोस

विधुत कटौतीको आक्रोस पोख्न बेनी वितरण केन्द्रमा तोडफोड गर्ने चार जना प्रक्राउ

म्याग्दी, २३ जेठ ।  प्रशारण लाइन मर्मतको क्रममा केही दीनदेखि लामो समयसम्म विद्युत सेवा कटौती गरेको विरोधमा नेपाल विद्यूत प्राधिकरण बेनी वितरण केन्द्रको कार्यालयमा तोडफोड गर्न पुगेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राती अवेर सम्म पनि विद्युत नदिएको भन्दै धर्ना बस्न भन्दै प्राधिकरणको कार्यालय अगाडी जम्मा भएको... पुरा पढ्नुहोस

रुम डाँडागाउँमा एकैघरका २ बुहारी बैशाखदेखि सम्पर्क विहिन

https://www.youtube.com/watch?v=JCft5QiojhA&feature=youtu.be म्याग्दी, २३ जेठ । म्याग्दीको मालिका गाउँपालिका– ३ रुम डाँडागाउँमा एक घरका २ बुहारी एकैदिनदेखि सम्पर्क विहिन बनेका छन् । डाँडागाउँ स्थित सराक्दी टोलका देउरानी जेठानी चिना र ओममायाँ बुढा गत बैवाख २ गतेदेखि सम्पर्कविहिन बनेको उनीहरुका ससुरा लाल बहादुर बुढाले जानकारी दिनुभयो । विहान अबेर सम्म घरमै भएका... पुरा पढ्नुहोस

विश्व वातावरण दिवसको अवसरमा दरवाङमा बृहत सरसफाई ( फोटो फिचर)

म्याग्दी, २२ जेठ । ४५ औँ विश्व वातावरण दिवसको अवसरमा म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा बृहत सरसफाई तथा प्रभातफेरी कार्यक्रम गरिएको छ । विश्व वातावरण दिवस तथा १९ औँ राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा मंगलबार मालिका गाउँपालिका, वास पत्रकार मञ्च म्याग्दी र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना दोस्रो... पुरा पढ्नुहोस

खिवाङमा स्थानीयले आफै गरे उत्पादित बस्तुको दरभाउ निर्धारण

खिवाङ, २२ जेठ । म्याग्दीको अन्र्नपुर्ण गाउँपालिका ६ खिवाङ गाउँबाट विक्रि हुने वस्तुभाउको मूल्य निर्धारण स्थानीयले आफै गरेका छन् । खिवाङ टोलसुधार समितिले समाजमा रहेको परम्परातगत नियमलाई निरन्तरता दिदै समुदायको उपस्थितमा बसेको बैठकले गाउँमा उत्पादन भएको वस्तुभाउको मूल्य निर्धारण गरेको हो । जिल्लाभित्रका अन्य गाउँमा आफु खुशी मूल्य निर्धारण गरि... पुरा पढ्नुहोस

जनताको गुनासो सुन्न राम्चेमा सार्वजनिक सुनुवाई

राकेश शर्मा / म्याग्दी, २२ जेठ । ग्रामिण भेगका जनताको गुनासो र अपेक्षा सुन्ने उद्देश्यले अन्नपुर्ण गाउँपालिका राम्चेमा सार्वजनिक सुनुवाई सोमबार भएको छ । ८ वडा रहेको गाउँपालिकाको पायक पर्ने स्थान छनौट गरि ५ ठाउँमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरिएको हो । सोमबार वडा ८ राम्चेमा वडाबासीको सहभागितामा , गाउँपालिका... पुरा पढ्नुहोस

डाडाँगाउँका कृषकलाई टनेल र तरुलको विउ वितरण

दरवाङ, २१ जेठ । मालीका गाउँपालीका ३ डाडागाउँका कृषकहरुलाई सोमबार पलास्टीक टनेल र तरुलको विउ वितरण गरिएको छ । मालिका गाउँपालिकाको कृषि विकास शाखा मार्फत ४४ जना कृषकहरुलाई पलास्टीक टनेल र ५० केजी तरुलको विउ वितरण गरिएको छ । किटेनी स्थित वडा कार्यालय परिसरमा वडा अध्यक्ष हेमबहादुर पुनको अध्यक्षतमा आयोजित... पुरा पढ्नुहोस

शिशुकल्याण मावि अर्मनको ५० औँ बार्षिकउत्सब सुरु

बविता विश्वकर्मा/ म्याग्दी, २१ जेठ । मंगला गाउँपालिका ६ अर्मनमा रहेको शिशु कल्याण माविको ५० औँ बार्सिक उत्सब तथा चन्दा सङ्कलन अभियान सुरु भएको छ । तिनदिन सम्म संचालन हुने विद्यालयको बार्षिकत्सव एवम् चन्दा संकलन कार्यक्रमको उद्घाट्न आईतबार ४ नम्वर प्रदेशकी सामाजिक विकास मन्त्रि नरदेवी पुनले गरेकी हुन् । सो... पुरा पढ्नुहोस

ओखरबोटकी एक महिला र दुई बालक एक सातादेखि सम्र्पक बिहीन

म्याग्दी २० जेठ । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटकी एक महिला र दुई बालक एक हप्तादेखि सम्र्पक बिहीन भएका छन् । ओखरबोटकी २६ वर्षिया कल्पना, उनका छोरा १० वर्षिय रोहीत र ७ वर्षका हेमन्त पुन जेठ १३ गतेदेखि सम्र्पक बिहीन भएका हुन् । कल्पनाले विगत ४ वर्षदेखि दरवाङमा डेरा लिएर... पुरा पढ्नुहोस

४ नम्बर प्रदेश स्तरीय तेक्वाण्डोमा म्याग्दीलाई गोल्डमेडल, २ खेलाडी राष्ट्रिय प्रतियोगितामा छनौट

म्याग्दी, २० जेठ । राष्ट्रपती रनिङशिल्ड खेलकुदको राष्ट्रिय प्रतियोगितामा म्याग्दीका २ तेक्वाण्डो खेलाडीले सहभागीता जनाउने भएका छन् । पोखरामा सम्पन्न भएको प्रदेश नम्बर ४ को छनौट प्रतियोगितामा सहभागी म्याग्दीका तेक्वाण्डो खेलाडी रश्मी श्रेष्ठले गोल्डमेडल हात पारेकी छिन् । ४६ केजीको इभेन्टमा बिजयी हुँदै गोल्डमेडल हात पारेकी श्रेष्ठ राष्ट्रिय प्रतियोगिताको लागि... पुरा पढ्नुहोस