विशेष

सडक अवरुद्ध हुँदा जलविद्युत् आयोजनाको काम प्रभावित

  म्याग्दी, ३२ साउन । बेनी–दरवाङ सडक पहिराका कारण दैनिकजसो अवरुद्ध हुँदा म्याग्दीको पश्चिमी क्षेत्रमा जलविद्युत आयोजनाहरुको निर्माण प्रभावित बनेको छ । धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन चार वटा जलविद्युत् र एक सवस्टेशन निर्माणाधीन छन् । निर्माण सामग्री र इन्धन आपूर्ति गर्न नपाउँदा जलविद्युत् आयोजना निर्माणको काम रोकिएको प्रवद्र्धकले जनाएका... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड राति बन्द

  म्याग्दी, ३१ साउन । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोको जोखिम भएकाले रातिको समयमा यातायात सञ्चालन गर्न बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय म्याग्दीले आज सूचना जारी गरेर सडकमा... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक बाह्र दिनपछि खुल्यो

  म्याग्दी, ३१ साउन । बेनी–जोमसोम सडकअन्तरगत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोला क्षेत्रमा अवरुद्ध सडक बाह्र दिनपछि सञ्चालन भएको छ । सडक माथिबाट पहिरो खसेका कारण बैसरी अँधेरीखोलामा आवरुद्ध भएको ७६ किलोमिटर दुरीको उक्त सडक आज बिहान १० बजेदेखि सञ्चालनमा आएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको... पुरा पढ्नुहोस

गाउँलेले गराएको सूचनाले कागवेनीमा ठूलो मानविय क्षति टर्यो

  म्याग्दी, ३१ साउन । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ कागबेनीमा बाढीको पूर्व सूचनाले ठूलो मानविय क्षतिको संकट टारेको छ । आइतवार साँझ आएको भिषण बाढीले बस्तीलाई नै बगरमा परिणत गर्दा कुनै मानविय क्षति हुन पाएन । मुक्तिनाथबाट आउने खोला र झोङखोलाको पानि मिसिएर बनेको कागखोलामा बाढी आएको सूचना कागबेनीदेखि माथिका... पुरा पढ्नुहोस

सुन्तलाका बोटहरुले भरिएको मरेक गाउँ (फोटोफिचर)

  म्याग्दी, ३१ साउन । सुन्तलाको पकेट क्षेत्रको रुपमा चिनिएको बेनी नगरपालिका वडानम्वर ३ को मरेक गाउँ । सानो गाउँ मरेक, पछिल्लो समय सुन्तलाले भरिएको छ। यस गाउँलाई उत्पादनको हिसाबले सुन्तला गाउँको रुपमा परिचित छ । वडानम्वर ३ भकिम्लीको राखु, मरेक र बालम गाउँ सुन्तलाको पकेट क्षेत्रमा चिनिएको छन्। परम्परागत... पुरा पढ्नुहोस

घाईते जीप चालकको उपचारमा सघाउन सांसद भण्डारीको माग

म्याग्दी, ३१ साउन । गण्डकी प्रदेशसभा सदस्य हरी भण्डारीले पहिरोबाट खसेको ढुङ्गा लागेर घाईते भएका जीप चालकको उपचारमा सघाउन सरकारसंग माग गर्नुभएको छ । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका २ बैसरीस्थित अधेरीखोलाको पहिरोबाट खसेकोे ढुङ्गाले गुडीरहेको बोलेरो जीप मािथ लाग्दा घाईते हुनुभएका अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० बर्षिय लुकजन शेरपुञ्जाको... पुरा पढ्नुहोस

साउन महिनामा गलेश्वरधाम मन्दिरबाट नौं लाख बढी भेटी संकलन

  म्याग्द, ३० साउन । बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनामा नौं लाख २७ हजार २३ रुपैयाँ भेटी संकलन भएको छ । साउन महिनाको पाँच वटा सोमबार गलेश्वर शिवालयमा पुजापाठका लागि आएका भक्तजनबाट सो रकम संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जानकारी दिएको छ।... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक : अँधेरीखोलाकोे पहिरो रोकथाम गरिँदै

  म्याग्दी,३० साउन । कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक अवरुद्ध बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरीस्थित अँधेरीखोलाको पहिरो रोकथामको काम थालिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिराको स्रोतसम्म डोजर लगेर रोकथामको काम सुरु भएको हो ।... पुरा पढ्नुहोस

गलेश्वरधाम आमा समूहद्धारा व्यावसायिक फेन्सी चप्पल उत्पादन

बेनी, ३१ साउन :  म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहले फेन्सी चप्पलको व्यावसायिक उत्पादन सुरु गरेका छन् । बेनी नगरपालिकाको ‘आमा समूहसंग उपमेयर’ कार्यक्रम अन्तरगत १५ दिने तालिम लिएका आमा समूहमा आबद्ध महिलाहरुले व्यावसायिक रुपमा फेन्सी चप्पल उत्पादन गर्न सूरु गरेका हुन् । पहिलो चरणमा नगरपालिकाबाट आधारभूत तालिम... पुरा पढ्नुहोस

विद्यार्थीमा आँखा पाक्ने रोग फैलिएपछि बेनी नगरपालिकामा विद्यालय बन्द

  बेनी, २९ साउन । आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि बेनी नगरपालिकाले नगरभित्रका विद्यालयहरु भदौ १ गतेसम्म बन्द गरेका छ। बेनी बजार तथा ग्रामिण क्षेत्रका विद्यालयमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएपछि बेनी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाकाले विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य कार्यालयका प्रतिनिधिको... पुरा पढ्नुहोस