विशेष

गलेश्वरमा निर्माण भएको कालीगण्डकी स्नानमार्ग उद्घाटन

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित नवनिर्मित कालिगण्डकी स्नानमार्गको उद्घाटन गरिएको छ । धार्मिक स्थल गलेश्वरधामदेखि कालिगण्डकी नदीमा स्नान गर्न जान निर्माण गरिएको सडकको शनिबार गण्डकी प्रदेश सरकारका पुर्व भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री तथा सांसद रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो । गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा... पुरा पढ्नुहोस

धार्मिक क्षेत्र जगन्नाथमा म्याग्दी जेसीजको पर्यटन प्रवद्र्धन कार्यक्रम

म्याग्दी । म्याग्दी जेसीजको आयोजनामा शनिवार म्याग्दीको धार्मिक क्षेत्र जगन्नाथधाममा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत बेनी नगरपालिका–५, पुलाचौरको गाजनेस्थित रहेको ऐतिहासिक जगन्नाथ मन्दिर परिसरमा पर्यटन बोर्ड स्थापना गरिएको हो । म्याग्दी जेसीजको आयोजना, वडा कार्यालय पुलाचौर र जगन्नाथ मन्दिर व्यवस्थापन समितिसँगको समन्वय तथा... पुरा पढ्नुहोस

इतिहासको साक्षी: चार सय वर्ष पुरानो भद्रिवम शिवालय

म्याग्दीको सदरमुकाम बेनी बजारमा चार सय वर्ष पुरानो भद्रीबम शिवालय तत्कालीन पर्वत राज्यको इतिहासको साक्षी बनेर रहेको छ। विसं १७५० मा निर्माण गरिएको यो शिवालय तत्कालीन अवस्थाको इतिहास नियाल्ने आँखीझ्याल बनेको छ। शिवालय अहिले धार्मिक पर्यटकको मुख्य आकर्षणको केन्द्रसमेत बनेको छ। शिवालयको छानोमा रहेको वरको ठूलो रुख र वरका जराले... पुरा पढ्नुहोस

१५ लाख बढी सहयोग जुटाएर करिब २ किलोमिटर पदमार्ग निर्माण

म्याग्दी, ३ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– २ रिसिनचौतारीका युवाहरुले श्रमदान र सहयोग जुटाएर पदमार्ग निर्माण गरेका छन् । वडा कार्यालय–भिरपाटा– चौर– रिसिनचौत्तारी हुँदै सिरूबारी आर्यघाट जार्ने पदमार्ग निर्माण अन्तरगत हाललाई बेनी जोमसोम सडक खण्ड अन्तरगत सिरुवारी आर्यघाट देखि रिसिनचौतारी सम्म पक्की पदमार्ग निर्माण गरिएको हो । सो पदमार्गको शनिबार... पुरा पढ्नुहोस

म्याग्दीमा पूर्वाधार विकासका साझा योजनामा सामूहिक प्रतिवद्धता

म्याग्दी,चैत २ गते । म्याग्दीका राजनीतिक दल,जनप्रतिनिधि र सरोकारवालाहरुले सडक,पर्यटन पूर्वाधार,खेलकुद खानेपानी लगायत क्षेत्रको विकासका लागि साझा प्रतिवद्धता व्यक्त गरेका छन् । नवौं जिल्ला सभामा सहभागि भएका संघ,प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन । गण्डकी प्रदेश र संघीय सरकारले तयार गर्न लागेको आयोजना बैंकमा समावेश गर्न... पुरा पढ्नुहोस

ढकमक्क गुराँस र धौलागिरि हिमाल (तस्बिर)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा रहेको धार्मिक पर्यटकीय स्थल करबाकेलीमा ढकमक्क फुलेको गुँरास र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमालको दृष्य । पुन समुदायको धार्मिक आस्थाको धरोहर करबाकेली क्षेत्र धार्मिक तथा पर्यटकीय सम्भावनाले भरिपूर्ण छ । करबाकेली ट्रेक हुँदै भ्रमणमा आउने पर्यटकहरु करबाकेली क्षेत्रमा फुलेका गुँरासे जंगलमा रमाउने गर्छन । यहाँबाट धौलागिरि र... पुरा पढ्नुहोस

अन्नपूर्ण पदमार्गको एकीकृत गुरुयोजना बनाउन सुरु

कमल खत्री म्याग्दी, २ चैत ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्यटन विकासमा लागि एकीकृत गुरुयोजना निर्माण गर्न लागिएको छ । अन्नपूर्ण प्रथम आधार शिविर र पदमार्ग क्षेत्रमा व्यवस्थित पूर्वाधार निर्माणका लागि एकीकृत गुरुयोजना बनाउन लागिएको हो । सर्वेक्षक, स्टक्ट्रचरल इन्जिनियर,पर्यटनकमी, भूगर्भविद्, वातावरणविद्,... पुरा पढ्नुहोस

म्याग्दी जेसीजद्धारा जामुनाखर्कमा विद्यार्थीको आँखा परिक्षण

युवाहरुको नेतृत्व र व्यत्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले बेनी नगरपालिका–६ अथुङ्गे स्थित जामुनाखर्क माविमा नःशूल्क आँखा परिक्षण शिविर सम्पन्न गरेको छ । नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र बेनीको प्राबिधिक सहयोगमा संचालित शिविरबाट ६५ जना छात्र, ५३ जना छात्रा र ३२ जना शिक्षक कर्मचारीहरु गरी कुल १५० जनाको आँखा... पुरा पढ्नुहोस

पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ९ मा रहेको धार्मिक पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा फुटपाथ (पदमार्ग) सहितको अपाङ्गमैत्री पक्की सडक निर्माण भएको हो । सडक र पैदलमार्ग निर्माण भएपछि स्थानीयवासीका साथै गलेश्वरमा आउने भक्तजनलाई कालीगण्डकी नदीमा पुगेर स्नान गर्न सहज... पुरा पढ्नुहोस

बेनी नगरपालिका र डिभिजन वन कार्यालयलाई जिल्ला सभामा सम्मान

बेनी, १ चैत । म्याग्दीका दुई कार्यालयलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति म्याग्दीको नवौँ जिल्ला सभाको अवसरमा विहिवार बेनी नगरपालिका र डिभिजन वन कार्यालयलाई सम्मान गरिएको हो । कार्य सम्पादनको आधारमा जिल्लामा उत्कृष्ट भएकोमा नगरपालिका र वन कार्यालयलाई प्रसंसापत्रद्धारा सम्मान गरिएको हो । प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन... पुरा पढ्नुहोस