स्वास्थ्य तथा यौन जानकारी

गुर्जामा निशूल्क स्वास्थ्य शिविर, दुई सय जना लाभान्वित

बेनी, २० वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा मंगलबार आयोजित निशूल्क स्वास्थ्य शिविरबाट दुई सय जना लाभान्वित भएका छन् । वडा कार्यालयसँग समन्वय गरेर शिविर आयोजना गरेको द नानुम पल्स र मुगुङ्गवा वेलफेयर वल्र्डले गुर्जा स्वास्थ्य चौकीलाई १४ लाख ८४ हजार चार सय मूल्य बराबरको औषधी उपकरण सहयोग गरेका छन्... पुरा पढ्नुहोस

बेनीमा सञ्चालित निःशुल्क मुटुरोग शिविरबाट १५ सयबढी बिरामीहरु लाभान्वित

  म्याग्दी, १८ बैशाख । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित निःशुल्क मटुरोग परीक्षणसम्बन्धी शिविरबाट कुल १५ सयजना भन्दाबढी बिरामीहरु लाभान्वित भएका छन् । दुई दिनको शिविरमा १५ सय ५ जनाले मुटुको परीक्षण गर्नुका साथै औषधी उपचारको सेवा लिएका हुन् । ‘सेभ द हार्ट’ काठमाडौंको आयोजना, म्याग्दीको ओमकुमारी शान्ति कोष, म्याग्दी प्रवासी... पुरा पढ्नुहोस

मलम्पारका छन्त्याललाई उपचारमा आर्थिक अभाब, सहयोग गरीदीन सबैमा अपील

म्याग्दी, १६ बैशाख । जटिल रोगले ग्रसित भएका म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङका रनबहादुर छन्त्याललाई उपचारमा आर्थिक अभाव भएको छ । मल्कवाङस्थित मलम्पार स्थायी ठेगना भएका ३० बर्षिय युवा छन्त्यालमा मुटु, कलेजो, मृगौला र हाइड्रोशिलमा समस्या देखिएपछि परिवारले उहाँको उपचार गराउदै आउनुभएको छे । पोखरास्थित गण्डकी अस्पतालमा विगत ६ महिनादेखि परिवारले... पुरा पढ्नुहोस

म्याग्दीमा टाइफाइडविरुद्धको खोप अभियान सुरु

म्याग्दी, २५ चैत । नेपालमा पहिलो पटक सञ्चालन हुन लागेको टाइफाइड रोगविरुद्धको खोप अभियान म्याग्दीमा शुक्रबारदेखि सुरु भएको छ । म्याग्दीमा चैत २५ गते देखि बैशाख २ गतेसम्म संचालन हुने अभियान सुरु भएको हो । बेनी सामुदायिक विद्यालयमा भएको टाईफाईडविरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी... पुरा पढ्नुहोस

म्याग्दीमा २८ हजार बढी बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाईने

बेनी, २४ चैत । नेपालमा पहिलो पटक सञ्चालन हुन लागेको टाइफाइड रोगविरुद्धको खोप अभियानमा म्याग्दीमा २८ हजार बढी बालबालिकालाई खोप लगाइने भएको छ । नियमित खोप सेवामा समावेश गरि देशव्यापीरुपमा सञ्चालन हुन लागेको उक्त अभियानको क्रममा म्याग्दीमा १५ महिनादेखि १५ वर्षमुनिका २८ हजार ७१८ जना बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य रहेको... पुरा पढ्नुहोस

पिप्लेमा आधारभूत प्रयोगशाला (ल्याव ) सेवा सुरु

म्याग्दी, १० चैत । रघुगंगा गाउँपालिकाले वडानम्वर ३ पिप्लेमा रहेको पिप्ले स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला ९ल्याव० सेवा सुरु गरेको छ । गाउँपालिकाले बेग, भगवती, पिप्ले दग्नाम र चिमखोला लगायतका जनतालाई लक्षित गरेर पिप्लेमा ल्याव सेवा संचालन गरिएको हो । अन्तराष्ट्रिय क्षयरोग दिवसको अवसरमा पिप्ले सुरु भएको ल्याव सेवाको उद्घाटन गाउँपालिका... पुरा पढ्नुहोस

आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको अर्धबार्षिक समिक्षा

  म्याग्दी, ६ चैत । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीले आयुर्वेद सेवा कार्यक्रम सम्वन्धी अर्धबार्षिक समन्वयात्मक समिक्षा गोष्ठी गरेको छ । आईतबार केन्द्रले आयोजना गरेको समिक्षा गोष्ठीमा अर्धबार्षिकमा गरेको गतिविधि सार्वजनिक र छलफल गरिएको थियो । आयुर्वेद स्वास्थ्य सेवा संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष जीवनकुमार विश्वकर्माको अध्यक्षतामा भएको गोष्ठीमा प्रमुख... पुरा पढ्नुहोस

मुनामा आयुर्वेद स्वास्थ्य शिविर

म्याग्दी २९ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा सम्पन्न निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट २३५ लाभान्वित भएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा शनिबार शिविर सञ्चालन भएको थियो । एकदिने शिविरबाट ती बिरामीले सेवा लिएका केन्द्रका लेखापाल सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा... पुरा पढ्नुहोस

बेनीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न

म्याग्दी २९ फागुन । म्याग्दी सदरमुकाम बेनीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । लिड्सको सहयोगमा संरक्षक समाज म्याग्दीले शनिवार बेनीमा आयोजना गरेको उक्त शिविरमा ५० जनाले सेवा लिएका छन् । बेनी अस्पताल परिसरमा आयोजित उक्त शिविरमा मानसिक रोगका विरामीहरुको स्वास्थ्य परिक्षण संगै औषधी वितरण समेत गरिएको थियो ।... पुरा पढ्नुहोस

बेनीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर हुने

म्याग्दी २५ फागुन । म्याग्दी सदरमुकाम बेनीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर हुने भएको छ । लिड्स नेपालको सहयोगमा संरक्षक समाज म्याग्दीले फागुन २८ गते बेनीमा उक्त शिविर आयोजना गरेको हो । बेनी अस्पतालमा हुने उक्त शिविरमा मानसिक रोग विशेषज्ञ डाक्टर राजन घिमिरे लगायतले स्वास्थ्य उपचार सेवा प्रदान गर्ने जनाइएको छ... पुरा पढ्नुहोस