म्याग्दी समाचार

पात्लेखेतमा सञ्चालित निजि विद्यालयलाई सरकारी भवनबाट हटाउने नगरपालिकाको निर्णय

म्याग्दी, ४ जेठ । बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको आरसीयुपिको भवनमा सञ्चालित निजि विद्यालयलाई सरकारी भवनबाट हटाईने भएको छ । शुक्रवार बसेको बेनी नगरपालिका कार्यपालिका बैठकले कृषि सेवा केन्द्र रहेको भवनमा सञ्चालित धौलागिरि पात्लेखेत इङलिस बोर्डिङ स्कूललाई आगामी असार मसान्तभित्र सरकारी भवनबाट विद्यालय हटाउने निर्णय गरेको हो । सरकारी भवनमा निजि... पुरा पढ्नुहोस

रघुगंगाका ज्येष्ठ नागरिकलाई सम्मानसंगै बस्तुगत सहायता वितरण (फोटो फिचर)

बेनी, ३ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल र विद्यवा महिलालाई बस्तुगत सहायता वितरण गरेको छ । गाउँपालिकाको ८ वटै वडामा पुगेर सामाजिक सुरक्षा कार्यक्रममा समेटीएका नागरिकहरुलाई सम्मान संगै बस्तुगत सहायता वितरण सुरु गरिएको हो । सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत गाउँपालिकाले ज्येष्ठ नागरिक, अपांगता भएका... पुरा पढ्नुहोस

गण्डकी प्रदेशस्तरिय जुनियर उसु च्याम्पियनसिप प्रतियोगिता सम्पन्न

  म्याग्दी, ३ जेठ। म्यादीको सदरमुकाम बेनीमा गण्डकी प्रदेशस्तरीय उसु च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला उसु संघ म्याग्दीको अयोजनामा भएको च्याम्पियनसिप प्रतियोगितामा म्याग्दी, र्पवत, बागलुङ र मुस्ताङका खेलाडीहरुको सहभागिता रहेको थियो । उसु च्याम्पियनसिप प्रतियोगितामा म्याग्दी २० पदक सहित प्रथम, बागलुङ १५ पदकसहित द्धितीय र मुस्ताङ ६ पदक सहित... पुरा पढ्नुहोस

२६ औ मदन आश्रित स्मृति दिवस मनाइयो

  बेनी ३ जेठ । बेनीमा शुक्रबार २६ औ मदन आश्रित दिवस मनाइएको छ । तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको स्मृतिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको आयोजनामा दिवस मनाइएको हो । जनताको बहुदलीय जनवादको बिचारका प्रर्वद्धक नेता भण्डारी र आश्रितको चितवनको दासढुङ्गामा २०५०... पुरा पढ्नुहोस

मराङमा सडक निर्माण

  मराङ ३ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङमा सडक निर्माण भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा उपभोक्ता समिति मार्फत बेशी देखि कुम्री जोड्ने सडक निर्माण भएको हो । गाउँपालिकाको ३८ लाख रुपैयाँ अनुदान र स्थानीयको चार लाख २५ हजार ६६५ रुपैयाँ बराबरको जनसहभागितामा सडक निर्माण गरिएको उपभोक्ता समितिका... पुरा पढ्नुहोस

रघुगंगामा योजना तर्जुमा सुरु, वडा स्तरमा गौरवका योजना (फोटो फिचर)

म्याग्दी, २ जेठ । विकास निर्माण योजना प्रभाबकारी बन्न नसक्नुको प्रमुख कारण मानिएको टुक्रे योजनालाई म्याग्दीको रघुगंगा गाउँपालिकाले हटाउने भएको छ । आगामी आर्थिक बर्ष २०७६/७७ को लागि वडा स्तरबाट योजना तर्जुमामा जुटेको गाउँपालिकाले वडा स्तरबाट पूर्वाधार विकासका योजनाहरु मात्रै माग गरेको छ भने रु ५ लाख भन्दा कम बजेटका... पुरा पढ्नुहोस

बेनीमा २६४३ औ लुम्बीनी दिवस

बेनी २ जेठ । बेनीमा बिहीबारदेखि विबिध कार्यक्रम सहित २६४३ औ वुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाउन सुरु भएको छ । भगवान गौतम वुद्धको जन्मदिनको अवसरमा बुद्ध जयन्ति तथा लुम्बीनी दिवस मुल समारोह समिति म्याग्दीको आयोजनामा त्रिदिवसीय कार्यक्रम सहित दिवस मनाउन सुरु गरिएको हो । दिवसको पहिलो दिन बिहीबार बेनी... पुरा पढ्नुहोस

मंगलाका कृषकलाई एभोकाडो खेती सम्बन्धी तालिम

सिजन रोका, बाबियाचौर १ जेठ । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा बुधबार एभोकाडो खेती सम्बन्धी तालिम सम्पन्न भएको छ ।एकिकृत फलफुल उत्पादनको माध्यमबाट कृषकहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मञ्जुश्री नर्सरी हाउसको प्राबिधिक सहयोगमा मंगला गाउँपालिकाको आयोजनामा तीन दिनसम्म तालिम सम्पन्न भएको थियो । तालिम समापनका क्रममा शिव विकको अध्यक्षतामा १३ सदस्यीय... पुरा पढ्नुहोस

बजार अनुगमनलाई गाउँ केन्द्रित गरिने

  बेनी २ जेठ । म्याग्दीमा बजार अनुगमनलाई गाउँ केन्द्रित गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला बजार अनुगमन समितिको बैठकले स्थानीय तहका बजार क्षेत्रमा नियमित बजार अनुगमन गर्ने निर्णय गरेको हो ।प्रजिअ लीलाधर अधिकारीको अध्यक्षतामा भएको बैठकले सबै स्थानीय तहका बजार केन्द्रमा प्रत्येक महिनाको पहिलो सोमबार बजार... पुरा पढ्नुहोस

प्रहरीको स्वास्थ्य परिक्षण

  बेनी १ जेठ । बेनीमा बुधबार प्रहरी, कर्मचारीको स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय र बेनी अस्पतालको संयुक्त आयोजनामा निशूल्क स्वास्थ्य परिक्षण गरिएको हो । ५० जना प्रहरी तथा सुरक्षाकर्मीहरुको क्षयरोग सम्बन्धी माईक्रोस्कोपिक र सुगर परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अनुसन्धानका क्रममा प्रहरी हिरासतमा... पुरा पढ्नुहोस