म्याग्दी समाचार

अर्थुङ्गे युवा क्लबद्धारा आयोजित रक्तदान कार्यक्रममा ३० जनाले गरे रक्तदान

म्याग्दी, ३२ जेठ । अन्तराष्ट्रिय रक्तदाना दिवसको अवसरमा बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको अर्थुङ्गे युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । रगत दान गर्ने मध्ये २५ जनाले पहिलो पटक रगत दान गरेको क्लबका अध्यक्ष शिशिर शाहीले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी... पुरा पढ्नुहोस

रुइसे– भेडिओढारमा पुर्वाधार निर्माणमा तिव्रता (फाेटाेफिचर)

धिरन खत्री म्याग्दी, ३२ जेठ । धौलागिरि आईसफल पदमार्ग अन्तर्गत रुईसे– भेडिओढारमा पुर्वाधार निर्माणले तिव्रता पाएको छ । धौलागिरि हिमालसम्म पुग्ने पर्यटकलाई लक्षित गरेर रघुगंगा गाउँपालिकाले रुईसे– भेडिओढारमा पदमार्ग निर्माणलाई तिव्रता दिएको हो । समुद्रि सतहदेखि २५ सय २० मिटर उचाई अवस्थित रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकिय स्थल रुईसे भेडिओढारबाट नजीकबाट... पुरा पढ्नुहोस

धवलागिरी र अन्नपूर्णको सबै वडामा हेलीप्याड निर्माण

बेनी ३२ जेठ । आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहतको कामलाई व्यवस्थित बनाउने उद्देश्यले म्याग्दीको धवलागिरी र अन्नपूर्ण गाउँपालिकाको सबै वडामा हेलीकप्टर अवतरण गर्ने स्थान (हेलीप्याड) निर्माण भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको म्याग्दीको सबै वडामा हेलीप्याड निर्माण गर्ने योजना अनुसार अन्नपूर्ण र धवलागिरी गाउँपालिकाले सुरक्षा निकाय, वडाका... पुरा पढ्नुहोस

म्याग्दी सहकारीको १३ औँ स्थापना दिवसको अवसरमा एटिएम सेवा थप गर्ने घोषणा

म्याग्दी ३१ जेठ । काठमाण्डौमा सञ्चालित म्याग्दी बचत तथा ऋण सहकारी संस्थाले एटिएम सेवा थप गर्ने घोषणा गरेको छ । सहकारीको १३ औँ स्थापना दिवसको अवसरमा सहकारीले सेवाग्राहीलाई सरल तवरले आर्थिक कारोवारको सेवा उपलब्ध गराउन एटिएम सेवा थप गर्ने घोषणा गरेको हो । स्थापना दिवसको अवसरमा सहकारीका अध्यक्ष थदेवी पुन... पुरा पढ्नुहोस

सांसद थापाले संसदमै किन गाए बाल गित (भिडियो सहित)

बेनी ३१ जेठ । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भुपेन्द्र थापाले सरकारले नीति तथा कार्यक्रम अनुसार बजेट ल्याउन नसकेको टिप्पणी गर्नुभएको छ । बिनियोजन बिधेयक २०७६ माथि शुक्रबार प्रतिनिधिसभाको बैठकको छलफलमा भाग लिदै सांसद थापाले नीति तथा कार्यक्रम अनुसार विषयगत मन्त्रालयले योजनाहरुमा बजेटको व्यवस्थापन गर्न नसकेको बताउनुभयो । https://www.youtube.com/watch?v=RYDgV8IQi40&feature=youtu.be संघीय मामिला... पुरा पढ्नुहोस

झाँक्रिपानीमा टेलिकमको टावर विस्तार

बेनी ३१ जेठ । म्याग्दीको मंगला गाउँपालिका–३ झाँक्रिपानीमा सरकारी स्वामित्वको दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले बिटिएस टावर स्थापना गरेर मोवाइल सेवा विस्तार गरेको छ ।समुन्द्री सतहदेखि दुई हजार ५७० मिटर उचाइमा अवस्थित झाँक्रिपानीमा स्थापना गरिएको बिटिएस शुक्रबारदेखि सञ्चालनमा ल्याइएको नेपाल टेलिकम म्याग्दी शाखाका प्रमुख बिष्णुदेव शाहले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस

जनप्रतिनिधि र कर्मचारीलाई मेलमिलाप सम्वन्धि तालिम

म्याग्दी, ३१ जेठ । मंगला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि ५ दिने मेलमिलाप सम्वन्धि तालिम दिएको छ। मंगला गाउँपालिकाले जेठ २७ गते देखि ३१ गतेसम्म मेलमिलाप सम्वन्धि तालिम आयोजना गरेको हो । जनप्रतिनिधि र कर्मचारीहरुमा मेलमिलाप सम्वन्धि क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम संचालन गरिएको हो । ५ दिनसम्म संचालन भएको... पुरा पढ्नुहोस

वेष्ट पोइन्ट कलेजमा रक्तदान कार्यक्रम

बेनी,३१ जेठ । वेष्ट पोइन्ट कलेज बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व रक्तदाता दिवस जुन १४ को अवसरमा सो कार्यक्रम सम्पन्न भएको हो । कलेजमा गठित इनफुलेन्स ब्याजलर क्लबले कार्यक्रम आयोजनामा गरेकोे हो । रक्तदान कार्यक्रममा १८ जनाले रगत दान गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस... पुरा पढ्नुहोस

भगवती आधारभुतमा पुरस्कार र छात्रवृत्ति वितरण

  दिच्याम ३१ जेठ । मालिका गाउँपालिका–६ दिच्याममा रहेको भगवती आधारभूत विद्यालयमा बिहीबार पुरस्कार र छात्रवृत्ति वितरण गरिएको छ । गत शैक्षिक सत्र २०७५ को वार्षिक परिक्षामा कक्षा प्रथम, दृतीय, तृतीय भएका विद्यार्थीलाई पुरस्कृत र विभिन्न शिर्षकमा गाउँपालिकाले उपलब्ध गराएको छात्रवृत्ति वितरण गरिएको हो । ३३ जना दलित, अन्य छात्रालाई... पुरा पढ्नुहोस

मालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

  बेनी ३० जेठ । म्याग्दीको मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बिहीबार बिममा पदमार्गको निर्माण सुरु गरि रोजगार कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको हो । अध्यक्ष रोकाले वडाले सिफारिस गरेका योजनाहरुलाई बजेट बिनियोजन गरेर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । बिमको दामडुङ देखि किसानी... पुरा पढ्नुहोस