म्याग्दी समाचार

करेन्ट लागेर महिलाको मृत्यु

म्याग्दी, १७ भदौ । बेनी नगरपालिका–९ काउलेगौडामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। घर नजिकै फूल टिप्ने क्रममा घाइते भएकी २६ वर्षीया शिव चोखाललाई उपचारका लागि बेनी अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायव उपरीक्षक किरनजंग कुँवरका अनुसार विद्युत लिक भएर फूल टिप्ने... पुरा पढ्नुहोस

कोरोना नियन्त्रणमा रघुगंगा गाउँपालिकाको करिब ७५ लाख खर्च (विवरण सहित)

म्याग्दी १७ भदौ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि म्याग्दीको रघुगंगा गाउँपालिकाले चार महिनाको अवधिमा करिब ७५ लाख खर्चिएको छ । गाउँपालिकाले गत चैतदेखि असार मसान्तसम्म कोरोना कोषमा रु १ करोड १० लाख ६६ हजार २५ जम्मा भएको मध्ये कोरोना गतिविधिमा ७४ लाख ६९ हजार १०२ रुपैयाँ खर्च... पुरा पढ्नुहोस

उत्तरी म्याग्दीका बाढीपहिरो पीडितलाई म्याग्दी समाज न्यूर्योकले साढे २ लाखभन्दा बढी सहयोग

म्याग्दी १७ भदौ । उत्तरी म्याग्दीका बाढीपहिरो पीडितलाई म्याग्दी समाज न्यूर्योक अमेरिकाले २ लाख ५० हजारभन्दा बढी आर्थिक सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको फगाममा आयोजित कार्यक्रममा बाढी पहिरोका कारण दानाको फगाम, काभ्रे, नारच्याङ लगायत गाउँपालिका भित्रका १९ घरधुरीलाई २ लाख २५ हजार, बाढीमा बेपत्ता र मृतक दुईजना लाई... पुरा पढ्नुहोस

कोरना महामारीको समयमा चाडपर्व मनाउँदा भिडभाड नगर्न प्रशासनको अनुरोध

  म्याग्दी, १६ भदौ । विश्वब्यापी रुपमा फैलिएको कोरना भाईरसको सक्रमण दैनिक रुपमा नेपालमा बढेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले चाडपर्व मनाउने क्रममा भिडभाड नगर्न जिल्लाबासीलाई आग्रह गरेकाे छ । कार्यालयले एक विज्ञप्ती निकाल्दै परम्परागत धर्म सस्कृतिअनुसार भिडभाड गरे चाडपर्व मनाउदाँ कोरना संक्रमण फैलन सक्ने सम्भावनालाई रोक्न जिल्लाबासी सचेत हुन प्रशासनले... पुरा पढ्नुहोस

प्रदेश सरकारबाट जिल्ला प्रशासन कार्यालयलाई प्राप्त २० लाख कहाँ–कहाँ भयो खर्च ? (भिडियाे सहित)

म्याग्दी १५ भदौ । कोरोना रोकथाम र नियन्त्रणको लागि सुरक्षा निकायहरु मार्फच खर्च गर्ने गरि गण्डकी प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएको रु २० लाख बजेटको खर्च विवरण सार्वजनिक भएको छ । गण्डकी प्रदेश सरकार मार्फत दुई किस्तामा गरि प्राप्त भएको रु २० लाख बजेटमध्ये १९ लाख ४७ हजार... पुरा पढ्नुहोस

करबाकेलीमा संग्रहालय भवन निर्माण

म्याग्दी, १५ भदौ । परम्परागत सामग्रीको संरक्षणसंगै पर्यटन प्रर्वद्धनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको काफलडाँडामा करबाकेली संग्रहालय भवन निमार्ण गरिएको छ । करबाकेली संरक्षण समितिको सक्रियतामा सरकारी निकायको सहयोगका साथै चन्दा संकलन गरेर संग्रहालय भवन निर्माण गरेका हुन् । दैनिक जीवन, रितीरिवाज, संस्कृति र रहनसहनमा आधारीत सामग्रीहरु संकलन गरेर राखिने... पुरा पढ्नुहोस

मनमोहक च्यामली आधार शिविर (फोटो कथा)

म्याग्दी १४ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ र धवलागिरि ५ को सिमा क्षेत्रमा पर्ने च्यामली (रुवाचौर) आधार शिविर । कुइनेमंगलेतर्फबाट धवलागिरि हिमालको आधार शिविर जाने पदमार्गले समेटिएको यस क्षेत्र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यस सिजनमा यहाँ परम्परागत भेडीगोठ र गाईका गोठहरु रहेका छन् । आँखै अगाडी ठोक्किन आउने धवलागिरि... पुरा पढ्नुहोस

आधुनिक गीत ‘स्पन्दन’को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

म्याग्दी ११ भदौ । माया प्रेमको कथाबस्तुलाई समेटिएको आधुनिक गीत ‘स्पन्दन’को म्युजिक भिडियो सार्वजनिक भएको छ । म्याग्दीमै छायांकन गरिएको सो म्युजिक भिडियोमा म्याग्देली कलाकार सुनिल बानियाँ र आरती विश्वकर्माको अभिनय रहेको छ । ग्रामिण जिवनशैलि र पारिवारिक सम्बन्धलाई भिडियो मार्फत प्रस्तुत गर्न खोजिएको सो म्युजिक भिडियोको निर्देशन र सम्पादन... पुरा पढ्नुहोस

म्याग्दीका पत्रकार गौतमद्धारा जन्मदिनमा विपन्नलाई सहयोग

अनिल पौडेल म्याग्दी, ११ भदौ । म्याग्दीका एक पत्रकारले आफ्नो जन्मदिन विपन्न परिवारलाई खाद्यान्न र एक विपन्न परिवारका बालकलाई आर्थिक सहयोग गरेर मनाउनुभएको छ। पत्रकार हरिकृष्ण गौतमले जन्मदिनको अवसरमा बेनी नगरपालिका–५, भिरमुनिमा एक अभिभावकको साहारा गुमाएका बालकलाई रु ५ हजार र तीन परिवारलाई ४५ सय बराबरको खाद्यान्न सामग्री प्रदान गर्नुभएको... पुरा पढ्नुहोस

सवारी ज्यान मुद्धामा दोषी ठहरिएका पक्राउ

म्याग्दी, ११ भदौ । सवारी ज्यान मुद्धामा जिल्ला अदालतले दशबर्ष अघि दोषी ठहर भएर कैद सजाय तोकिएका म्याग्दीका एक फरार ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पर्वत जिल्ला अदातलतले २०६७ जेठ १४ गते तीन महिना ५ दिन कैद बेरुजु रहेका मालिका गाउँपालिका –७ विमका २९ बर्षिय प्रकाश सुनारलाई मंगलबार पक्राउ... पुरा पढ्नुहोस