म्याग्दी समाचार

दाना– कुश्मा प्रशारण लाइन र सब–स्टेशन उद्घाटन (फोटो फिचर)

खुर्कोट, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार म्याग्दीको दाना र पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको प्रशारण लाइन तथा सबस्टेशनको भर्चुअल बिधिबाट उद्घाटन गर्नुभएको छ । बालुवाटार स्थित एक्सन रुमबाट कुश्मा–२ खुर्कोटमा रहेको सबस्टेशन उद्घाटन गर्नुभएको प्रधानमन्त्री ओलीले नेपाल अब बिद्युत निर्यातको बाटोमा अघि बढेको बताउनुभयो । बिहान... पुरा पढ्नुहोस

नेकपा प्रचण्ड–नेपाल पक्षद्धारा रघुगंगामा अगुवा कार्यकर्ता भेला (फोटो फिचर)

म्याग्दी २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले रघुगंगा गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम विहिवार सम्पन्न गरेको छ । नेकपा रघुगंगा गाउँपालिका कमिटीका सचिब हरि भण्डारीको अध्यक्षतामा भएको भेलालाई नेकपा म्याग्दीका अध्यक्ष एवम संविधान सभा सदस्य गोविन्द पौडेलले प्रधानमन्त्री ओली लामो संर्घष र बलिदानबाट प्राप्त उपलब्धीहरुलाई... पुरा पढ्नुहोस

झीङखानी महिला बचत तथा ऋण सहकारीको आठौँ साधारण सभा सम्पन्न

म्याग्दी २२ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा रहेको झीङखानी महिला बचत तथा ऋण सहकारी सहकारी संस्थाको आठौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष गंगा छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रमको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भण्डारीले महिलाहरुको आर्थिक, सामाजिक रुपान्तरणको लागि... पुरा पढ्नुहोस

अजिङ्गर भिरमा सडक : ‘पाइला टेक्न नमिल्ने पहाडमा मोटर सरर’ (भिडियो/तस्विर)

कमल खत्री म्याग्दी २२ माघ । रघुगंगा गाउँपालिका–७ गौडामुनीका खप्रसाद विक घरदेखि गाउँपालिकाको केन्द्र मौवाफाँट हुँदै सदरमुकाम बेनीसम्म नै जिप चढेर आउनुभयो । पहिलो पटक घरदेखि सदरमुकाम सम्मको सवारी यात्रा गर्न पाउँदा ७६ बर्षका विकमा खुसीको उत्साह र उमंग थियो । सदरमुकाम बेनीदेखि मौवाफाँट, दग्नाम हुँदै अजिङ्गर भिरमा पुगेर रोकिएको... पुरा पढ्नुहोस

आम हडतालको पुर्वसन्ध्यामा बेनीमा मशाल जुलुस पदर्शन (भिडियाे सहित)

म्याग्दी २१ माघ । संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहले बिहीबार आह्वान गरेको आम हड्तालको पूर्व सन्ध्यामा बेनीमा मशाल जुलुस पदर्शन भएको छ । नेकपाका युवा विद्यार्थीहरुको नेतृत्वमा बेनीमा बन्दको आह्वान सहित मसाल जुलुस पदर्शन गरेका हुन् । बेनीको क्याम्पसचोकबाट निकालेको मसाल जुलुसले हुलाकचोकमा पुगेर कोणसभामा... पुरा पढ्नुहोस

बेनीको नमस्ते र बागलुङको सिवाईसी सहकारीबिच एकिकरण

म्याग्दी २० माघ । म्याग्दी सदरमुकाम बेनी स्थित क्याम्पसचोकमा रहेको नमस्ते बहुउदेश्यीय सहकारी र बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाबिच एकिकरण भएको छ । दुई सहकारीबिचको एकताको सम्पूर्ण प्रकृया पुरा भएको छ । सिवाईसीसंग एकिकरण भएपछि बेनीमा रहेको नमस्ते सहकारीको कार्यालयबाट एकिकृत भएको सिवाईसीको सदस्य सेवा केन्द्र सञ्चालनमा आउने... पुरा पढ्नुहोस

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रद्धारा एक करोड ४२ लाख अनुदानका लागि ५९ फार्म छनौट

कमल खत्री म्याग्दी, १९ माघ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले अनुदानका लागि म्याग्दी र मुस्ताङका विभिन्न ५९ वटा फार्म छनौट गरेको छ । गण्डकी प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत रहेको यस कार्यालयले रु १ करोड ४२ लाख अनुदानको बजेटलाई कार्यान्वयन गर्न प्रस्ताब... पुरा पढ्नुहोस

निलगिरीको प्रशारण लाइन निर्माणको तयारी

म्याग्दी, १९ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधिन १०९ मेगावाट क्षमताको निलगिरी १ र २ जलबिद्युत आयोजनाबाट उत्पादीत बिद्युत केन्द्रिय प्रशारण लाइनमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ । निलगिरीखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेका ३८ मेगावाटको निलगिरीखोला–१ र ७१ मेगावाट क्षमताको निलगिरीखोला–२ जलबिद्युत आयोजनाको बिद्युतगृहदेखि अन्नपूर्ण गाउँपालिका–३ दानामा... पुरा पढ्नुहोस

झोलुङ्गे पुल निर्माण भएपछि जोखिम मिलेर खोला तर्नु पर्ने बाध्यता हट्यो

थम्मन थापा बागलुङ १८ माघ । गलकोट नगरपालिका ७ मल्म स्थित बामीया आँगाखेत जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । पुल निर्माण भए सँगै स्थानीयलाई आवत जावत गर्न सहजता भएको छ । हुलुवा खोलामा ६९ मीटर लामो पुल बनेपछि दीपज्योति आधारभूत विद्यालय, गलकोट इंग्लिश सेकेण्डरी स्कुल जाने विद्यार्थी सहित बामिया... पुरा पढ्नुहोस

महिला उद्यम विकास समितिको अध्यक्षमा लक्ष्मी भण्डारी चयन

म्याग्दी १७ मााघ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत रहेेेेकाेे महिला उद्यमी विकास समितिको ८ औँ साधारण सभा तथा ६ औँ अधिवेशन सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको सभाहलमा भएको अधिवेशनबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन गरिएको छ ।     महिला उद्यम विकास समितिको अध्यक्ष लक्ष्मी कुुमारी भण्डारी कार्की, बरिष्ठ... पुरा पढ्नुहोस