म्याग्दी समाचार

तातोपानीमा खानेपानी आयोजना निर्माण

म्याग्दी, ४ साउन । बेनी नगरपालिका–४ तातोपानीमा खानेपानी योजना निर्माण भएको छ । रु एक करोड ४६ लाखको लागतमा निर्माण भएको योजनाबाट २५७ घरधुरी लाभान्वित भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको श्रमदानमा योजना निर्माण भएको हो । घरघरमा मिटर जडान... पुरा पढ्नुहोस

म्याग्दीमा सवारी चालकलाई जरिवानाबाट ६४ लाख राजस्व सङ्कलन

  म्याग्दी, ४ साउन : म्याग्दीमा आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने नौ हजार ४५० सवारीसाधनका चालकलाई कारबाही गरेर रु ६३ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ । प्रयोजनविपरीत, क्षमताभन्दा बढी यात्रु बोक्ने, गलत ठाउँमा पार्किङ गर्ने, चालक अनुमतिपत्र र सवारीधनीपत्र नभएकालाई कारबाही गरी सो राजस्व सङ्कलन... पुरा पढ्नुहोस

पहिराले रित्तिँदै बस्ती

[caption id="attachment_61427" align="alignnone" width="1088"] पहिराेकाे जाेखिममा रहेकाे चाैरखानी बस्ती[/caption] म्याग्दी, ४ साउन । जथाभावी खनिएका मोटरबाटोका कारण बाढीपहिरो र प्राकृतिक विपद्का समस्या बढ्दै जान थालेपछि म्याग्दीका थुप्रै बस्ती रित्तिँदै गएका छन् ।जिल्लाको बेनी नगरपालिका– ३ तोराखेतको बस्ती पनि अहिले सुनसान छ । केहीवर्ष अगाडिसम्म निकै चहलपहल हुने तोराखेत गाउँ अहिले... पुरा पढ्नुहोस

रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा गाउँघरमै सामाजिक सुरक्षा भत्ता वितरण

बेनी, ४ साउन । सामाजिक सुरक्षा भत्ता लिन सास्ती व्यहोर्नुपरेको जनगुनासो बढीरहेको सन्दर्भमा म्याग्दीका दुई स्थानीय तहले गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले नीतिगत निर्णय नै गरेर पालिकाको केन्द्रमा रहेको बैँक मार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता वडा र बस्ती स्तरमै पुगेर... पुरा पढ्नुहोस

आलेख सेवा : अनिकालको साथी ‘धर्म भकारी’

गलेश्वर, ३ साउन (रासस) : ‘परोपकाय पुण्याय पापाय परपीडनम्’ अर्थात् अरुको उपकार गर्नुभन्दा ठूलो अर्को कुनै धर्म हुँदैन र अरुलाई पीडा (दुःख) दिनुभन्दा तल्लोस्तरको अर्को कुनै पाप हुँदैन । त्यसमा पनि सामाजिक परोपकारलाई हिन्दू धर्मशास्त्र बेदलगायत विभिन्न धार्मिक ग्रन्थमा समेत उत्कृष्ट धार्मिक कार्य मानेको छ । समाजको हितका लागि आफ्नो... पुरा पढ्नुहोस

किसानको गुनासो : ‘आकाश हेर्दै असार बित्यो’

[caption id="attachment_54373" align="alignnone" width="800"] फाइल तस्विर[/caption] म्याग्दी ३ साउन ।  असारको दोस्रो सातासम्म रोपाइँ गरेर सकिसक्नुपर्ने म्याग्दीका ग्रामीण भेगका खेत यस वर्ष पर्याप्त वर्षा नभएका कारण बाँझै छन् । रोपाइँ भएका ठाउँमा पनि पानी अभावमा खेतका गह्रा धाँजा फाटेका छन् भने रोपेको धानको बीउसमेत मर्न लागेको किसानले बताएका छन् ।... पुरा पढ्नुहोस

बेनीमा एकीकृत पाठ्यक्रम सम्बन्धि १० दिने टिपिडी प्रमाणिकरण तालिम सम्पन्न

  प्रकाश अधिकारी म्याग्दी । बेनीमा एकीकृत पाठ्यक्रम सम्बन्धी १० दिने शिक्षकको पेशागत विकास (टिपिडी) प्रमाणिकरण तालिम सम्पन्न भएको छ । शिक्षा तालिम केन्द्र तनहुँको आयोजना तथा विस्तारित शाखा बेनीको समन्वयनमा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को कार्यान्वयन शिक्षकको पेशागत विकासका लागि आधारभूत तह (१–३)मा अध्यापनरत शिक्षकहरुका लागि एकीकृत पाठ्यक्रम सम्बन्धि... पुरा पढ्नुहोस

बाँदरबाट बाली जोगाउन मुस्किल

म्याग्दी, २ साउन । म्याग्दीको मगंला गाउँपालिका–२ सल्यानका दीपक खड्का बाँदरबाट मकै जोगाउन खेतमै टहरा हालेर बस्नुभएको छ । मकैको बोटमा धोगा लागेदेखि बाँदर धपाउन एक महिनाअघिदेखि खेतमा बस्न थाल्नुभएको थियो । उहाँले बाँदर धपाउन खेतमा बस्नका लागि जस्ताले छाएर सानो टहरा बनाउनु भएको छ । “बाँदरको हुल पसे भने... पुरा पढ्नुहोस

म्याग्दीमा ७१ प्रतिशत विकास बजेट खर्च

म्याग्दी, २ साउन । जिल्लामा गत आर्थिक वर्ष २०७८/७९ मा कूल ७१ दशमलव २३ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ६० दशमलव ७५ र प्रदेशको ७५ दशमलव ४५ प्रतिशत पुँजीगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । पुँजीगत शीर्षकमा दुईवटै सरकारका निकायको रु... पुरा पढ्नुहोस

मगर संघ म्याग्दीद्वारा जनप्रतिनिधिलाई सम्मान

म्याग्दी, १ साउन । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको छ । आइतबार बेनी स्थित मगर संघको सभाहलमा आयोजित कार्यक्रममा मगर जनप्रतिनिधिलाई सम्मान गरिएको हो । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा मगर ,मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगर... पुरा पढ्नुहोस