म्याग्दी समाचार
दग्नामबासीले बनाए अन्न र ज्यालाको दरभाउ
- 3 बर्ष, 6 महिना अगाडि
- २८ भाद्र २०७९, मंगलवार
बेनी, २८ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा स्थानीय उत्पादनको दररेट र कामदारको ज्याला निर्धारण गरिएको छ । परम्परागत रुपमा हुँदै आएको भदौरे गाउँसभाबाट यस बर्षको लागि स्थानीय उत्पादनका बस्तुहरुको खरिदविक्रि गर्दे दररेट र मजदुरी गर्ने व्यक्तिहरुको ज्यालादर निर्धारण गरिएको हो । प्रत्येक वर्षको भदौ महिनामा गाउँको रितिथिति व्यवस्थापन गर्न... पुरा पढ्नुहोस
श्राद्ध गर्ने रकम क्यान्सर रोगीको उपचारमा सहयोग
- 3 बर्ष, 6 महिना अगाडि
- २७ भाद्र २०७९, सोमबार
म्याग्दी २७ भदौ ।म्याग्दीकी एक मनकारी महिलाले पितृकार्य (श्राद्ध) मा खर्च हुने रकम क्यान्सर रोगीको उपचारका लागि सहयोग गरेर उदाहरणीय काम गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटकी शिवकुमारी घिमिरेले आफ्ना स्वर्गीय ससुरा बाको श्राद्धको तीथि पारेर सोमबार (आज) पेटको क्यान्सर रोगबाट पीडित रघुगंगा गाउँपालिका– २... पुरा पढ्नुहोस
जलजलामा कानुन विपरित निकालिएको नदीजन्य बस्तुको लिलाम विक्रि गर्ने
- 3 बर्ष, 6 महिना अगाडि
- २७ भाद्र २०७९, सोमबार
म्याग्दी, २७ भदौ । पर्वतको जलजला गाउँपालिकाले कानुन विपरित कालीगण्डकी नदीमा उत्खनन् गरिएको नदीजन्य बस्तुको लिलाविक्रि गर्न अनुगमन गरिएको छ । सर्वोच्च अदालतको आदेश विपरित ठेक्का नलागेको ठाउँमा रातको समयमा उपकरण प्रयोग गरि निकालिएको नदीजन्य बस्तुको जफत गरेको थियो । जलजला गाउँपालिकाले सरोकारवालाहरुको सहयोगमा अवैध रुपमा उत्खनन् गरिएको नदीजन्य... पुरा पढ्नुहोस
लामो पुलले बढायो बागलुङमा पर्यटक आगमन
- 3 बर्ष, 6 महिना अगाडि
- २७ भाद्र २०७९, सोमबार
बागलुङ, २७ भदौ । दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म आउँदैनथे । अहिले... पुरा पढ्नुहोस
म्याग्दी जेसिजद्वारा कपडा बैङ्कमा सहयोग
- 3 बर्ष, 7 महिना अगाडि
- २६ भाद्र २०७९, आईतवार
बेनी, २६ भदौ । म्याग्दी जेसिजले बेनी नगरपालिका वडा नम्वर ७ ले स्थापना गरेको ‘कपडा बैंक’ लाई सहयोग गरेको छ । जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीको टोलीले वडा अध्यक्ष रमेशकुमार श्रेष्ठलाई एक सय थान भन्दा बढी कपडा उपलब्ध गराएको हो । जेसिजकी सदस्य सुनिता बेल्वासेको संयोजकत्वमा रहेको समितिले बजारका ब्यापारीहरुबाट... पुरा पढ्नुहोस
दिदीबहिनी सहकारीको अध्यक्षमा गौतम चयन
- 3 बर्ष, 7 महिना अगाडि
- २६ भाद्र २०७९, आईतवार
म्याग्दी २६ भदौ । म्याग्दी सदरमुकाम बेनीमा महिलाहरुको लगानी र व्यवस्थापनमा संचालनमा रहेको दिदीबहिनी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारण सभा बेनीमा सम्पन्न भएको छ । साधारणसभा मार्फत सहकारीको अध्यक्षमा विष्णुकुमारी गौतम सापकोटा, उपाध्यक्षमा सुगम श्रेष्ठ, सचिबमा जगत बानियाँ खत्री, कोषाध्यक्षमा अम्बिका श्रेष्ठ, सहसचिबमा कमला जिसी... पुरा पढ्नुहोस
मगर संघ म्याग्दीको नयाँ नेतृत्व चयन, अध्यक्षमा लोकबहादुर पुन सर्वसम्मत
- 3 बर्ष, 7 महिना अगाडि
- २५ भाद्र २०७९, शनिबार
म्याग्दी २५ भदौ । नेपाल मगर संघ म्याग्दीको नयाँ नेतृत्व चयन गरिएको छ । शनिवार सम्पन्न जिल्ला समन्वय समितिकोआठौ जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा लोकबहादुर पुन ‘लोकेश’ को अध्यक्षतामा नया कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा खम थापा, सचिवमा हिराबहादुर पुन, कोषाध्यक्षमा विष्णुकुमारी रोका, सह–सचिवमा रमेश फगामी चयन हुनुभएको... पुरा पढ्नुहोस
ब्याडमिन्टन संघ म्याग्दीको अध्यक्षमा हिमालय कार्की चयन
- 3 बर्ष, 7 महिना अगाडि
- २५ भाद्र २०७९, शनिबार
म्याग्दी २५ भदौ । ब्याडमिन्टन संघ म्याग्दीको २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न भएको अधिवेशनबाट हिमालय कार्कीको अध्यक्षतामा चयन भएको समितिमा प्रथम उपाध्यक्षमा कुलदिप जुग्जाली, द्धितिय उपाध्यक्षमा राज जुग्जाली, सचिव बिक्रम सुबेदी, सह–सचिव भरत थापा, कोषाध्यक्ष टिकप्रसाद पुर्जा र सहकोषाध्यक्ष सोमा बुढामगर रहेका छन् । त्यसैगरी... पुरा पढ्नुहोस
ब्राम्हमण समाज नेपाल म्याग्दीको अध्यक्षमा लिलराम गौतम चयन
- 3 बर्ष, 7 महिना अगाडि
- २५ भाद्र २०७९, शनिबार
म्याग्दी २५ भदाै । ब्राम्हमण समाज नेपाल म्याग्दीको तेस्रो अधिवेशनबाट लिलाराम गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सदरमुकाम बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा ठाकुरप्रसाद शर्मा, सचिव हरिप्रसाद पौडेल, कोषाध्यक्ष ज्ञानेन्दप्रसाद सुबेदी, सहसचिव नहकुल ढकाल रहेका छन् । समितिको सदस्यहरूमा मोतिराज गौतम, गोविन्दप्रसाद रिजाल, रामचन्द्र शर्मा,मनोज पौडेल, रेखाकौशल रेग्मी,... पुरा पढ्नुहोस
कृषि र भेटेरीनरीको स्वीकृत वार्षिक कार्यक्रम सार्वजनिक
- 3 बर्ष, 7 महिना अगाडि
- २३ भाद्र २०७९, बिहीबार
म्याग्दी, २३ भदौ । कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक वर्षमा सञ्चालन हुने विविध कार्यक्रमहरु सार्वजनिक गरेका छन् । दुवै कार्यालयले बिहिबार संयुक्त कार्यक्रम गरी आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत बार्षिक बजेट तथा कार्यक्रमबारे सरोकारवालालाई जानकारी गराएका हुन् । कृषि ज्ञान केन्द्रका... पुरा पढ्नुहोस